Like us!
Follow us!
Connect us!
Watch us!

बेलायती कम्पनीलाई स्वामित्व बेचेर एनसेलबाट बाहिरियो आजियाटा

अर्थ संसार

शुक्रबार, १५ मंसिर २०८०, १८ : ४६ मा प्रकाशित

बेलायती कम्पनीलाई स्वामित्व बेचेर एनसेलबाट बाहिरियो आजियाटा

मलेसियन दूरसञ्चार कम्पनी आजियाटाले एनसेलमा रहेको आफ्नो लगानी बेलायती कम्पनीलाई बेचेर बाहिरिएको छ ।

बेलायती कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडले एनसेलको करिब ८० प्रतिशत सेयर आजियाटाबाट खरिद गरेको हो । आजियाटा एनसेलबाट बहिर्गमन बारे प्रस्ट्याउँदै नेपालको व्यापारिक वातावरण अनुकुल नरहेको जनाएको छ । कम्पनीले असमान कर नीति र नियामकको अस्थीर रवैयालाई कारण देखाउँदै एनसेल सञ्चालन गरिरहन सम्भव नहुने बताएको छ ।

सन् २०१६ मा स्वीडिस कम्पनी टेलियासोनेरासँग १.३७५ बिलियन अमेरिकी डलरमा कम्पनीको करिब ८० प्रतिशत स्वामित्व ग्रहण गरेको कम्पनीले सन् २०२३ को अन्तमा ५० मिलियन डलरमा आफ्नो सेयर बिक्री गरेको हो । ५० मिलियन डलरमध्येको ५ मिलियन अबको ६ महिना भित्र तथा बाकिँ रकम ४८ महिना भित्र तिर्नुपर्नेछ । निकै कम मूल्यमा बिक्री गर्दा नेपाल सरकारलाई हुनसक्ने कुनै किसिमको लाभकर भने गुमेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको