Like us!
Follow us!
Connect us!
Watch us!

एनसेलले निःशुल्क सेवा अवधि भाद्र २७ सम्म थप्यो

अर्थ संसार

विहीबार, २६ भदौ २०८२, १० : ०३ मा प्रकाशित

एनसेलले निःशुल्क सेवा अवधि भाद्र २७ सम्म थप्यो

टेलिकम कम्पनी एनसेलले आफ्ना ग्राहकलाई दिइँदै आएको निःशुल्क सुविधा थप केही दिनका लागि लम्ब्याएको छ। कम्पनीले हालको अवस्थालाई मध्यनजर गर्दै उपलब्ध गराइएको फ्री डाटा, लोकल भ्वाइस कल तथा एसएमएस सेवा आगामी भाद्र २७ गते शुक्रबारसम्म प्रयोग गर्न सकिने जनाएको हो।

एनसेलका अनुसार, सेवाको समयसीमा बढाइएको कारण ग्राहकले जहाँ भए पनि सहज रूपमा आफ्ना प्रियजनसँग सम्पर्कमा रहन सक्नेछन्। कम्पनीले यो पहललाई ग्राहकलाई सहयोग पुर्‍याउने आफ्नै निरन्तर प्रतिबद्धताको रुपमा लिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको