Like us!
Follow us!
Connect us!
Watch us!

निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल २० औं वर्षमा प्रवेश

अर्थ संसार

शुक्रबार, ०३ असोज २०८२, ०७ : ४९ मा प्रकाशित

निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल २० औं वर्षमा प्रवेश

नेपालकै प्रमुख निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो सेवा सुरु गरेको २० औं वर्ष पूरा गरेको छ । विगतमा निकै हर्षोल्लासका साथ एनसेलले आफ्नो वार्षिकोत्सव मनाउँदै आएपनि यसपालीको २० औं वार्षिकोत्सवमा त्यस्तो उत्साह देखिएको छैन् ।

गत भदौ २३ र २४ मा जेनजी प्रदशर्नका क्रममा एनसेल मुख्यालय ‘एनसेल आइकन’ मा लुटपाट र आगजनी भइ कम्पनीले ठूलो क्षति ब्यहोर्न बाध्य भयो । ऐनसेलले आफ्नो वार्षिकोत्सव मनाउन तयारी गरिरहँदा कम्पनीमाथि सबैभन्दा ठूलो भौतिक क्षतिसहितको बज्रपात आइपर्यो । फलस्वरुप ऐनसेलले आफ्ना वार्षिकोत्सवका पूर्वनिर्धारत कार्यक्रम स्थगन गरेर आफू अझ दृढ तथा लगनशीलताका साथ पुनः उठ्ने अभियानमा लागि परेको छ ।
एनसेलले आफुमाथि ठूलो बज्रपात आइपरे पनि आम उपभोक्ता माझ सहज सञ्चारका लागि यसअघि तीन दिन निशुल्क भ्वाइस कल, इन्टरनेट र एसएमएस सेवा प्रदान गरेको थियो । यसअघि पनि कोरोनालगायत विभिन्न विपदजन्य तथा संकटका बेला एनसेलले निःशुल्क सेवा समेत दिँदै आएको छ ।

सन् २००५ सेप्टेम्बर १७ मा ‘मेरो मोबाइल’ नामबाट नेपालमा आफ्नो सेवा सुचारु गरेको थियो । त्यतिबेला नेपालमा ६ प्रतिशत जनसंख्यामा मात्र मोबाइलको पहुँच थियो । एनसेलको आगमनपछि नेपालीका हात हातमा मोबाइलको पहुँच विस्तार गर्नमा कम्पनीको ठूलो योगदान छ ।

मुलुकमा उत्पन्न विभिन्न आरोह अवरोधका बीच पनि एनसेलले आम उपभोक्तामाथि सेवा विस्तार गर्ने आफ्नो निर्वाहबाट कहिल्यै पनि बिचलित भएन् । बरु, त्यहीँ अवधिमा आएका टेलिया, स्मार्ट टेलिकमजस्ता निजी लगानीका सेवा प्रदायकहरु बजारमा प्रतिष्पर्धा गर्न नसकी बाहिरिए तर, ऐनसेलले भने आफ्नो सेवालाई अझ प्रतिष्पर्धी र परिस्कृत हुँदै लग्यो । सुरुमा टुजी सेवा विस्तार गरेसँगै कम्पनीले सन् २०१० मा थ्रीजी सेवा विस्तार गरेको थियो । अहिले भने कम्पनीले आम उपभोक्ता समक्ष फाइभजी सेवा विस्तार गर्ने तयारी गर्दै अघि बढेको छ । एनसेलले आफ्नो सेवा नेपालका ७७ वटै जिल्लामा विस्तार गरिसकेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको