Like us!
Follow us!
Connect us!
Watch us!

‘निर्वाचनपछि वाम गठबन्धनको सरकार’

शनिबार, २५ कार्तिक २०७४, १८ : ३३ मा प्रकाशित

‘निर्वाचनपछि वाम गठबन्धनको सरकार’

अर्थ संसार,  दमक- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि दुई तिहाइको वाम सरकार निर्माण हुने जिकिर गर्नुभएको छ ।

झापाको कमल गाउँपालिकास्थित क्याम्पा बजारमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले वाम गठबन्धनले निर्वाचनबाट बहुमत ल्याएर मुलुकको बिकास गर्ने छ भन्नुभयो ।

मंसिर १० र २१ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि मुलुकमा स्थिर वाम सरकार निर्माण हुने उहाँको भनाइ थियो ।

मुलुकलाई गलत बाटामा जान नदिनका लागि वाम गठबन्धन गरिएको बताउँदै ओलीले भन्नुभयो, “वाम गठबन्धन सत्ता प्राप्तिको लक्ष्य होइन, राजनीतिक स्थिरता र समृद्धिका लागि हो ।”

पूर्वप्रधानमन्त्री ओलीले लोकतन्त्र र गणतन्त्रका विषयमा आपूmहरूको निष्ठामा शंका नगर्न आग्रह गर्नुभयो

। झापा क्षेत्र नं ५ मा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ओलीले आजै आफ्नो निर्वाचन क्षेत्रका केर्खा, गौरीगञ्ज बजारमा आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गर्नुभएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको