Like us!
Follow us!
Connect us!
Watch us!

गुराँस लघुवित्तले यसपटक लाभांश नदिने

अर्थ संसार

आइतबार, १७ मंसिर २०८०, ०९ : ५९ मा प्रकाशित

गुराँस लघुवित्तले यसपटक लाभांश नदिने

गुराँस लघुवित्तले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश नदिने भएको छ ।

मङ्सिर १६ गते शनिबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यसपटक लाभांश नबाँड्ने निर्णय गरेको हो । कम्पनीले आव २०७९/८० को अन्तसम्म कायम रहेको वितरणयोग्य मूनाफा नबाँडी सञ्चित गर्ने जनाएको छ । सोही निर्णय राष्ट्र बैंक समक्ष पेश गरि साधारणसभा स्वीकृतिका लैजाने पनि कम्पनीले जनाएको छ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले बुकक्लोज मिति भने तय गरेको छैन । लघुवित्तले आव २०७७/७८ मा १७.७९६ प्रतिशत र आव २०७८/७९ मा ४.२१०५ प्रतिशत लाभांश वितरण गरेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको