Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय जीवन बीमा कम्पनीले पायो जीवन बिमक प्रमाणपत्र, पब्लिक कम्पनीका रुपमा सञ्चालन हुने

अर्थ संसार

बुधबार, २० मंसिर २०८०, १० : ४५ मा प्रकाशित

राष्ट्रिय जीवन बीमा कम्पनीले पायो जीवन बिमक प्रमाणपत्र, पब्लिक कम्पनीका रुपमा सञ्चालन हुने

साविकको राष्ट्रिय बीमा संस्थानले नाम परिवर्तन गरि अब राष्ट्रिय जीवन बीमा कम्पनीका नाममा व्यवसाय सञ्चालन गर्ने भएको छ ।

कम्पनीलाई राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडमा परिणत गरि जीवन बिमक प्रमाणपत्र प्रदान गरिएको नेपाल बीमा प्राधिकरणले जानकारी दिएको हो । बीमा ऐन, २०७९ को दफा ६१ को उपदफा(१) को खण्ड (क) बमोजिम जीवन बीमा व्यवसाय गर्ने गरि कम्पनीले प्रमाणपत्र पाएको हो । 

राष्ट्रिय बीमा संस्थान भने राष्ट्रिय बीमा संस्थान ऐन २०२५ अनुसार सञ्चालनमा हुँदै आएको थियो । तर राष्ट्रिय बीमा संस्थान ऐन २०२५ र बीमा ऐन २०४९ खारेज हुँदै बीमा ऐन, २०७९ कार्यान्वयनमा आएसँगै सम्पूर्ण बीमा व्यवसाय बीमा ऐन, २०७९ बमोजिम नै सञ्चालन हुँदै आएका छन् । यससँगै सरकारी स्वामित्वको राष्ट्रिय बिमा संस्थान पनि अब संस्थानबाट पब्लिक कम्पनीमा परिणत भएको छ ।

नेपालमा सञ्चालन हुने जीवन बीमा व्यवसायको न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ हुनुपर्ने हुँदा कम्पनीले अब आइपिओ निष्कासनको प्रक्रिया पनि शुरु गर्नेछ । हाल संस्थानको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ मात्र रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको