Like us!
Follow us!
Connect us!
Watch us!

वैदेशिक रोजगार बोर्डले एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

अर्थ संसार

विहीबार, २१ मंसिर २०८०, ११ : ०२ मा प्रकाशित

वैदेशिक रोजगार बोर्डले एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगार कल्याणकारी कोषमा रहेको एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

बोर्डको सचिवालयअन्तर्गत रहेको उक्त कोषको रकमको निक्षेप अवधि आउँदो पुस १ गते सकिने भएकाले एक वर्षको लागि पुनः लगानी गर्न बोर्डले सूचना जारी गरेको हो । सूचना अनुसार नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क वर्गका वाणिज्य बैंकहरूले आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गर्ने ब्याजदरसहित सिलबन्दी दरभाउपत्र पेश गर्न माग गरिएको हो ।

सचिवालयले मङ्सिर २८ गते १२ बजेभित्र प्रस्ताव पेश गर्न समय तोकेको छ । पेश हुन आएका सिलबन्दी प्रस्तावहरू सोही दिनको १२:३० बजे खोलिने पनि सूचनामा उल्लेख गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको