Like us!
Follow us!
Connect us!
Watch us!

दोहोरो अङ्कले बढ्यो नेप्से, दुई अर्ब ७९ करोडको कारोबार

अर्थ संसार

विहीबार, २१ मंसिर २०८०, १५ : २४ मा प्रकाशित

दोहोरो अङ्कले बढ्यो नेप्से, दुई अर्ब ७९ करोडको कारोबार

केही समय अघिदेखि निरन्तर घट्दै आएको नेप्सेमा हिजो र आज केही सुधार देखिएको छ । 

गत सोमबारबाटै घट्न थालेको नेप्से यो साता पनि आइतबार ७.२९ अङ्क, सोमबार ३.४२ अङ्क र मङ्गलबार थप १०.१० अङ्कले घटेको थियो । तर त्यसपछि बुधबार र बिहीबार बजारमा केही हरियाली देखेपछि लगानीकर्ताले थोरै राहत पाएका छन् ।

आज ११.७३ अङ्कले बढेर नेप्से परिसूचक १८५२.७७ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल एक अर्ब १४ करोड १८ लाख १२ हजार तीन सय ८२ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम दोब्बर भन्दा बढी बढेर दुई अर्ब ७९ करोड ९१ लाख ४६ हजार चार सय ३३ रुपैयाँ पुगेको छ । बजार बढ्दा आज कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको हो ।

आज सर्वाधिक कमाउनेतर्फ समाज लघुवित्त, सिवाइसी लघुवित्त र आशा लघुवित्तका लगानीकर्ता रहे । उक्त कम्पनीहरुको सेयर मूल्य ७ प्रतिशत भन्दा बढीले वृद्धि भयो । सोमबार सर्वाधिक गुमाउने मध्ये ग्लोबल आएमई लघुवित्त, विजय लघुवित्त र मन्दाकिनी हाइड्रोपावर रहे । उक्त कम्पनीको सेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घट्यो ।

आज ननलाइफ इन्स्योरेन्स उपसूचक सर्वाधिक २.११ प्रतिशतले बढ्दा हाइड्रोपावर उपसूचक १.०३ र लगानी उपसूचक ०.८३ प्रतिशतले बढे । आज ट्रेडिङ उपसूचक मात्रै ०.५ प्रतिशतले घट्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको