Like us!
Follow us!
Connect us!
Watch us!

फोर्ब्सको एक सय शक्तिशाली महिलाको सूचीमा भारतीय अर्थमन्त्री निर्मला सीतारमणदेखि बङ्गलादेशकी सेख हसिना वाजिदसम्म

अर्थ संसार

विहीबार, २१ मंसिर २०८०, १७ : ४७ मा प्रकाशित

फोर्ब्सको एक सय शक्तिशाली महिलाको सूचीमा भारतीय अर्थमन्त्री निर्मला सीतारमणदेखि बङ्गलादेशकी सेख हसिना वाजिदसम्म

फोर्ब्स म्यागजिनले निकालेको विश्वका सबैभन्दा शक्तिशाली एक सय महिलाको सूचीमा भारतीय अर्थमन्त्री निर्मला सीतारमणदेखि बङ्गलादेशकी सेख हसिना वाजिदसम्म परेका छन् ।

सूचीको पहिलो स्थानमा युरोपियन कमिशनको १३ औं अध्यक्षका रुपमा कार्यारत जर्मनीकी फिजिसियन तथा राजनीतिज्ञ उर्सला भोन डर लेयन रहेकी छन् । दोस्रो स्थानमा युरोपियन केन्द्रीय बैंकको अध्यक्ष रुपमा कार्यारत फ्रान्सकी वकिल तथा राजनीतिज्ञ क्रिश्टिन म्याडेलिन लगार्ड रहेकी छन् । सूचीको शीर्ष १० मा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस, मेलिन्डा फ्रेन्च गेट्सदेखि पप गायक टेलर स्वीफ्टसम्म अटाएका छन् ।

एसिया राष्ट्रका महिलातर्फ ताइवानकी राष्ट्रपति साइ इङ्गवेन सबैभन्दा अग्र स्थानमा छन् । उनी समग्रमा ३० औं स्थानमा रहँदा भारतीय अर्थमन्त्री निर्मला सीतारमण ३२ औं तथा बङ्गलादेशी प्रधानमन्त्री सेख हसिना वाजीद ४६ स्थानमा रहेका छन् । त्यसबाहेक सिङ्गापुरको संसदकी उपसभामुख जेसिका टान, इन्डोनेसियन अर्थशास्त्री श्री मुल्यनी इन्द्रावती, इन्डोनेसियाकै ग्यास तथा तेल कम्पनी पेर्टामिनाकी अध्यक्ष निकी विद्यावती तथा अस्ट्रेलियन अर्बपति जिना रेन्हार्ट पनि सूचीमा रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको