Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको शतकीय वृद्धिमा सवा ४८ करोडको कारोबार, १३ कम्पनीको भाउ ९.९ प्रतिशतले बढ्यो

अर्थ संसार

आइतबार, २४ मंसिर २०८०, १३ : ०३ मा प्रकाशित

नेप्सेको शतकीय वृद्धिमा सवा ४८ करोडको कारोबार, १३ कम्पनीको भाउ ९.९ प्रतिशतले बढ्यो

सकारात्मक मौद्रिक नीति समीक्षासँगै आइतबार नेप्सेमा बहार आउँदा समग्र इन्डेक्ससहित १३ कम्पनीको भाउमा सकारात्मक सर्किट लागेको छ ।

आज कारोबार शुरु भएको पाँच मिनेटमै ४ प्रतिशतले बजार बढेर सर्किट ब्रेकर लागेको थियो । त्यसपछि थप एक प्रतिशतले बजार बढ्दा दोस्रो सर्किट ब्रेकर लागेर कारोबार ४० मिनेटसम्म रोकिएको थियो । ४० मिनेटपछि थप एक प्रतिशतले बढेर बजारमा तेस्रो सर्किट ब्रेकर लागेसँगै आजको कारोबार समाप्त भएको थियो ।

गत बुधबारदेखि नै सुधारको संकेत देखिएको नेप्सेमा आइतबार भने राम्रै बुलिस वृद्धि देखिएको हो । आजको दिन बजार १११.२० अङ्कले बढेर नेप्से परिसूचक १९६३.९८ विन्दुमा बन्द भएको छ । आज कारोबार रकम भने ४८ करोड २४ लाख ८२ हजार दुई सय ३९ रुपैयाँको मात्र भएको छ । आज केवल नौ मिनेटको कारोबारमा उक्त भोल्युम बराबरको सेयर खरिद बिक्री भएको हो ।

आज सर्वाधिक कमाउनेतर्फ शुभम् पावर, जोशी हाइड्रो, कालिन्चोक दर्शन, राप्ती हाइड्रो, रिलायन्स फाइनान्स, इङ्ग्वा हाइड्रो, एसबीआई बैंक, त्रिशुली जलविद्युत, खानीखोला हाइड्रो, युनियन हाइड्रो, सिङ्गटी हाइड्रो, चन्द्रागिरी हिल्स र हिमालयन उर्जा कम्पनीका लगानीकर्ता रहे । उक्त कम्पनीहरुको सेयर मूल्य ९.९ प्रतिशतले वृद्धि भयो । सोमबार सर्वाधिक गुमाउने मध्ये उपकार लघुवित्त रह्यो । उक्त कम्पनीको सेयरमूल्य ०.४२ प्रतिशतले घट्यो ।

आज हाइड्रो उपसूचक सर्वाधिक ८.६३ प्रतिशतले बढ्दा होटल तथा पर्यटन उपसूचक ६.७२ प्रतिशत र विकास बैंक तथा फाइनान्स उपसूचक समान ६.५९ प्रतिशतले बढे । आज कुनै पनि उपसूचक घटेन भने सर्वाधिक कारोबार हुने कम्पनीतर्फ माउन्टेन इनर्जी, सोनापुर मिनरल्स र नेपाल इन्स्योरेन्स शीर्ष तीनमा रहे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको