Like us!
Follow us!
Connect us!
Watch us!

विकास हाइड्रोले माग्यो आइपिओ निष्कासनको अनुमति

अर्थ संसार

सोमबार, २५ मंसिर २०८०, १८ : ३६ मा प्रकाशित

विकास हाइड्रोले माग्यो आइपिओ निष्कासनको अनुमति

विकास हाइड्रोपावर कम्पनी लिमिटेडले धितोपत्र बोर्डसँग आइपिओ निष्कासनको अनुमति मागेको छ ।

कम्पनीले ४४ लाख ५४ हजार पाँच सय ९६ कित्ता प्राथमिक निष्कासनका लागि अनुमति मागेको हो । कम्पनीले मङ्सिर १९ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । यस आइपिओको निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । उक्त कम्पनी हाइड्रोपावर सेक्टरको कम्पनी रहेको छ ।

कम्पनीले गोरखाको धार्चे गाउँपालिकाको माछाखोलामा अप्पर माछाखोला जलविद्युत आयोजना निर्माण गरेको छ । जिल्लाको लाप्राक र सिङ्लाको बीचबाट बग्ने माछाखोलामा कम्पनीले ४.५५ मेगावाटको जलविद्युत आयोजना निर्माण गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको