Like us!
Follow us!
Connect us!
Watch us!

सर्वोत्तम सिमेन्टको आइपिओ सेबोनको पाइपलाइनमा, प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसा पर्ने

अर्थ संसार

सोमबार, २५ मंसिर २०८०, १९ : २४ मा प्रकाशित

सर्वोत्तम सिमेन्टको आइपिओ सेबोनको पाइपलाइनमा, प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसा पर्ने

बुक बिल्डिङ विधीबाट सार्वजनिक निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्टको आइपिओ नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा आइपुगेको छ ।

कम्पनीले प्रति कित्ता ३६० रुपैयाँ ९० पैसाका दरले ३६ लाख कित्ता प्राथमिक निष्कासनका लागि अनुमति मागेको हो । कम्पनीले मङ्सिर १८ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । यस आइपिओको निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । यस कम्पनी उत्पादन सेक्टरको कम्पनी रहेको छ ।

कम्पनीको कुल जारी पुँजीको १२.९०३३ प्रतिशतले हुने ६० लाख कित्ता सेयर बुक बिल्डिङ विधिबाट जारी गर्न अनुमति पाएकोमा त्यसको ४० प्रतिशत अर्थात २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि निष्कासन गरिसकेको छ । बाकिँ ६० प्रतिशत मध्ये अब ८ लाख कित्ता स्थानीयबासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी हुनेछ ।

कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई कटअफ प्राइस ४०१ रुपैयाँमा सेयर बाँडफाँड गरेको थियो । संस्थागत लगानीकर्तालाई बिक्री गरेको कट अफ मूल्यमा १० प्रतिशत छुट दिई सर्वसाधारणलाई धितोपत्र निष्काशन गर्नुपर्ने हुँदा कम्पनीले प्रतिकित्ता सेयर ३ सय ६० रूपैयाँ ९० पैसाको दरमा सेयर बिक्री गर्न लागेको हो । साथै कम्तिमा ५० कित्ताका लागि आवेदन दिनुपर्ने हुँदा ७२ हजार लगानीकर्ताले मात्रै सेयर पाउनेछन् भने सर्वसाधारणले १८ हजार ४५ रुपैयाँ उक्त आइपिओका लागि छुट्याउनुपर्ने हुनेछ ।

आर्थिक वर्ष २०७९/८० को असारसम्मको वित्तीय विवरण अनुसार कम्पनीको प्रति सेयर आम्दानी पाँच रुपैयाँ १३ पैसा रहेको छ भने नेटवर्थ १ सय ८५ रुपैयाँ १९ पैसा रहेको छ । लगानीको साधारण लगानी फिर्ता हुने अवधि (क्यास ब्याक पिरियड) ३ वर्ष ९ महिना रहेको छ भने डिस्काउन्टेड क्यास ब्याक पिरियड ४ वर्ष ७ महिना रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको