Like us!
Follow us!
Connect us!
Watch us!

९४ नम्बर ब्रोकरको रुपमा के.बि.एल सेक्यूरिटिजले गर्यो धितोपत्र कारोबार सुरूवात

अर्थ संसार

सोमबार, २५ मंसिर २०८०, २१ : ०५ मा प्रकाशित

९४ नम्बर ब्रोकरको रुपमा के.बि.एल सेक्यूरिटिजले गर्यो धितोपत्र कारोबार सुरूवात

सोमबार यस के.बि.एल सेक्यूरिटिज लिमिटेड (सेयर ब्रोकर नं ९४) ले औपचारिक रुपमा धितोपत्र कारोबार सुरूवात गरेको छ । कुमारी बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप ज.ब.राणाले यस कम्पनीको कारोबार शुभारम्भको उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रममा के.बि.एल सेक्यूरिटिज तथा कुमारी बैंकका सञ्चालक समितिका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारी तथा लगानीकर्ताहरुको उपस्थिति रहेको थियो ।

कारोबार सुरूवात गरेसँगै शेयर बजारका लगानीकर्तालाई उत्कृष्ट र सर्वसुलभ सेवा प्रदान गर्न के.बि.एल सेक्यूरिटिज सदैव प्रयासरत रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले उल्लेख गरेका छन् ।

के.बि.एल सेक्यूरिटिज लिमिटेड, कुमारी बैक लिमिटेडको पूर्ण स्वामित्व रहेको नेपाल धितोपत्र बोर्ड बाट मान्यता प्राप्त सिमित कारोबार गर्ने धितोपत्र दलाल व्यवसायी हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको