Like us!
Follow us!
Connect us!
Watch us!

तीन दिनभित्र वित्तीय विवरण पेश गर्न नेप्सेको निर्देशन, अटेर गरे कारवाही हुने

अर्थ संसार

मंगलबार, २६ मंसिर २०८०, १२ : ४१ मा प्रकाशित

तीन दिनभित्र वित्तीय विवरण पेश गर्न नेप्सेको निर्देशन, अटेर गरे कारवाही हुने

नेपाल स्टक एक्सचेञ्ज नेप्सेले एक्सचेञ्जमा सूचीकृत संगठित संस्थाहरुलाई वित्तिय विवरणहरु अध्यावधिक गर्न निर्देशन दिएको छ ।

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ मा भएको व्यवस्था बमोजिम वार्षिक तथा त्रैमासिक वित्तिय विवरणहरु (प्रतिवेदन) सो विनियमावलीले निर्दिष्ट गरेको समयमा नेप्सेले उपलब्ध गराएको नोट्स लगइन मार्फत विद्युतीय प्रति अपलोड गर्नुपर्ने जनाएको हो । पहिलो त्रैमासिक सकिएको दुई महिना हुन लाग्दा समेत केही संगठित संस्थाहरुले त्यस्ता वित्तिय विवरणहरु समयमा पेस नगरेको हुँदा नेप्सेले तीन दिन भित्र वित्तिय विवरण अध्यावधिक गर्न समय दिएको हो ।

समयमै वित्तिय विवरणहरु अपलोड नगर्ने संगठित संस्थाहरुलाई धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ बमोजिम कारवाही गर्ने पनि नेप्सेले जनाएको छ । यस अघि नेपाल धितोपत्र बोर्डले समयमै वित्तीय विवरण प्रकाशित नगरेको भन्दै एकैपटक ८८ कम्पनीलाई नगद जरिवाना तिराएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको