Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार झिनो अङ्कले बढ्यो नेप्से, तीन अर्ब ९० करोडको कारोबार

अर्थ संसार

बुधबार, २७ मंसिर २०८०, १५ : १२ मा प्रकाशित

बुधबार झिनो अङ्कले बढ्यो नेप्से, तीन अर्ब ९० करोडको कारोबार

बुधबार बजार झिनो अङ्कले बढ्दा तीन अर्ब ९० करोडभन्दा बढीको कारोबार भएको छ ।

आज २.६ अङ्कले बढेर नेप्से परिसूचक १९८८.०४ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल चार अर्ब ३० करोड ९० लाख १९ हजार एक सय ९६ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर तीन अर्ब ९० करोड ९१ लाख ९८ हजार पाँच सय ७० रुपैयाँ पुगेको छ । बजार बढ्दा आज कारोबार रकममा भने गिरावट आएको छ ।

आज सर्वाधिक कमाउनेतर्फ बोटलर्स नेपाल, मोलुङ हाइड्रो, घलेम्दी हाइड्रो, दोल्ती हाइड्रो र मानुसी लघुवित्त कम्पनीका लगानीकर्ता रहे । उक्त कम्पनीहरुको सेयर मूल्य ९ प्रतिशत कै हाराहारीमा वृद्धि भयो । सोमबार सर्वाधिक गुमाउने मध्ये कुथेली बुखरी, सुपरमादी हाइड्रो, सानिमा जिआइसी इन्स्योरेन्स र पिपल्स हाइड्रो रहे । उक्त कम्पनीहरुको सेयरमूल्य चार प्रतिशत भन्दा बढीले घट्यो ।

आज विकास बैंक उपसूचक सर्वाधिक १.१५ प्रतिशतले बढ्दा उत्पादन उपसूचक ०.८३ र माइक्रोफाइनान्स उपसूचक ०.८२ प्रतिशतले बढे । आज होटल तथा पर्यटन उपसूचक सर्वाधिक १.६२ प्रतिशतले घट्दा ननलाइफ इन्स्योरेन्स १.३१ प्रतिशत र लाइफ इन्स्योरेन्स १.१४ प्रतिशतले घटे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको