Like us!
Follow us!
Connect us!
Watch us!

रामचन्द्र पौडलेको सम्धीको नियुक्ती गैरकानुनी भएको भन्दै सर्वोच्चमा रिट

आइतबार, २६ कार्तिक २०७४, २० : ५२ मा प्रकाशित

रामचन्द्र पौडलेको सम्धीको नियुक्ती गैरकानुनी भएको भन्दै सर्वोच्चमा रिट

अर्थ संसार,  काठमाडौ - सर्वोच्च अदालतमा राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) युवराज भुषालको नियुक्ति खारेजीको माग गर्दै रिट निवेदन दायर गरिएकोे छ ।

प्रधानमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई विपक्षी बनाई प्राधिकरणका पूर्व सिइयो सुशीला ज्ञवालीले आज दायर गरेको रिट निवेदनमा प्राधिकरणमा भूषाललाई गैरकानुनी रुपमा नियुक्ति गरिएको भन्दै सो नियुक्ति खारेज गर्न माग गरिएको छ ।

 रिट निवेदनमा प्राधिकरणका पूर्व सिइयो गोविन्द पोखरेलको राजीनामा स्वीकृत गरी बाँकी अवधिका लागि युवराज भुषाललाई नियुक्ति गर्नु कानुनसम्मत नभएको जिकिर गर्दै भुषालको नियुक्ति बदर गर्न माग गरिएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भुसाल नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलका सम्धी हुन् ।

प्राधिकरणका पूर्व सिइओ पोखरेलले प्रतिनिधिसभा निर्वाचनमा प्यूठानबाट उम्मेदवार हुन राजीनामा दिएपछि मन्त्रिपरिषद्ले गत कात्तिक ६ गते उहाँको राजीनामा स्वीकृत गर्दै पूर्व अर्थसचिव युवराज भुषाललाई सिइओ नियुक्त गरेको थियो ।  

यसअघि पनि प्राधिकरणका पूर्व सिइओ ज्ञवालीले गैरकानुनी रुपमा आफुलाई सिइयो पदबाट हटाइएको भन्दै सर्वोच्च अदालतमा मा रिट निवेदन दायर गर्नुभएको थियो ।
मन्त्रिपरिषद्को २०७२ पुस १० गतेको निर्णयबाट पाँच वर्षको पदावधि हुने गरी प्राधिकरणमा आफूलाई नियुक्त गरे पनि त्यसको एक वर्षमै गैरकानुनी रुपमा हटाएर पोखरेललाई सिइओ नियुक्त गरिएको भन्दै उनले ०७३ माघ ४ गते रिट निवेदन हाल्नु भएको थियो । सो मुद्दा अदालतमा  हालसम्म पनि विचाराधीन छ ।

 प्राधिकरणका पूर्व सिइयो ज्ञवालीले रासससँग कुरा गर्दै सर्वोच्च अदालतमा सिइयो नियुक्तिसम्बन्धी विवाद विचारधीन हुँदाहुँदै गैरकानुनी रुपमा सिइयो नियुक्ति हुने गरेकोले आफुले पुन : अर्को रिट निवेदन ल्याउनु परेको उल्लेख गर्नुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको