Like us!
Follow us!
Connect us!
Watch us!

किन भयो फरवार्ड लघुवित्तको कारोबार रोक्का ?

अर्थ संसार

विहीबार, २८ मंसिर २०८०, १३ : ३९ मा प्रकाशित

किन भयो फरवार्ड लघुवित्तको कारोबार रोक्का ?

सेयर मूल्य सेन्सेटिभ सूचना नेप्सेलाई समयमै जानकारी नगराउँदा नेपाल स्टक एक्सचेञ्ज नेप्सेले फरवार्ड लघुवित्तको सुचीकरण स्थगित गरिदिए पछि बिहीबार दोस्रो बजारमा कम्पनीको कारोबार बन्द भएको छ ।

नेप्सेका अनुसार कम्पनीले मङ्सिर २७ गते बुधबार सञ्चालक समितिको बैठकबाट लाभांश घोषणा सम्बन्धि निर्णय गरेपनि मङ्सिर २८ गते बिहीबार दिउँसो १२:४६ बजे मात्रै नेप्सेलाई सो बारे जानकारी गराएको थियो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) अनुसार धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था रहेकोले छ ।

सोही व्यवस्थाको पालना नगरेको भन्दै नेप्सेले उक्त विनियमावलीको १६(१)(ख) को व्यवस्था बमोजिम धितोपत्र कारोबार स्थगन गरि अबको तीन कार्यदिन भित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो । कम्पनीको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/०८० सम्मको मुनाफाबाट लाभांश वितरण नगर्ने  निर्णय गरेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको