Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सामान्य अङ्कको वृद्धि, कारोबार रकम भने घट्दै

अर्थ संसार

विहीबार, २८ मंसिर २०८०, १५ : ११ मा प्रकाशित

नेप्सेमा सामान्य अङ्कको वृद्धि, कारोबार रकम भने घट्दै

बिहीबार बजार झिनो अङ्कले बढ्दा कारोबार भने घटेको छ ।

आज ६.५५ अङ्कले बढेर नेप्से परिसूचक १९९४.६० विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल तीन अर्ब ९० करोड ९१ लाख ९८ हजार पाँच सय ७० रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर तीन अर्ब १५ करोड १६ लाख ३५ हजार सात सय ५० रुपैयाँ पुगेको छ । बजार बढ्दा आज कारोबार रकममा भने गिरावट आएको छ ।

आज सर्वाधिक कमाउनेतर्फ बोटलर्स नेपाल, एनआरएम, नेपाल हाइड्रो डेभलपर्स, नेपाल इन्सुरेन्स, मिडसोलु हाइड्रो, दोल्ती हाइड्रो र हिमालयन लघुवित्त कम्पनीका लगानीकर्ता रहे । उक्त कम्पनीहरुको सेयर मूल्य ९.९ प्रतिशतले वृद्धि भयो । सोमबार सर्वाधिक गुमाउने मध्ये गुराँस लघुवित्त, मानुषी लघुवित्त र सिवाईसी लघुवित्त रहे । उक्त कम्पनीहरुको सेयरमूल्य चार प्रतिशत भन्दा बढीले घट्यो ।

आज अन्य उपसूचक सर्वाधिक १.५१ प्रतिशतले बढ्दा विकास बैंक उपसूचक १.३३ प्रतिशत र हाइड्रोपावर उपसूचक १.१२ प्रतिशतले बढे । आज ट्रेडिङ उपसूचक सर्वाधिक ०.९२ प्रतिशतले घट्दा माइक्रोफाइनान्स ०.४८ प्रतिशत र लाइफ इन्स्योरेन्स ०.१३ प्रतिशतले घटे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको