Like us!
Follow us!
Connect us!
Watch us!

कारोबारी हावी हुँदा बजारमा अत्यधिक उतारचढाव

अर्थ संसार

आइतबार, ०१ पुस २०८०, १३ : १५ मा प्रकाशित

कारोबारी हावी हुँदा बजारमा अत्यधिक उतारचढाव

आइतबार बजारमा उच्च उतारचढाव देखिएको छ । बजार खुलेको केही समयमै बजारमा ४३ अङ्कको पहिरो गएको बजार त्यसपछी सम्हालिदै २००० को विन्दु पार गरेको छ ।

एफपिओ तथा मर्जर तथा एक्विजिसनमा जाँदा भएको बार्गेन पर्चेज गेनमा लगाइएको करविरुद्ध अदालत पुगेका बैंक तथा बीमा कम्पनीले मुद्दा हारेपछि करिब २० अर्ब रुपैयाँ कर बापत कम्पनीहरुले तिर्नुपर्ने भएपछि बजारमा त्यसैको असर देखिएको अभिव्यक्तिहरु सामाजिक सञ्जालमा पोखिएका छन् । कर तिर्न ठूलो रकम खर्च हुँदा ती कम्पनीहरुको आम्दानीमा उल्लेख ह्रास आएर लाभांश बाँड्ने क्षमता प्रभावित हुने हुँदा पनि लगानीकर्तामा केही प्यानिक देखिएको बुझ्नसकिन्छ ।

यता यसै प्यानिकको फाइदा उठाउँदै बजारमा अत्यधिक उतारचढाव हुँदा ट्रेडर भने निकै नै हावी भएको देख्न सकिन्छ । बजारले सकारात्मक गति लिइरहेको बेला संयमित भई कारोबार गरे राम्रो मुनाफा कमाउन सकिने अघिल्ला उदाहरणहरुले देखाउँदछ । बजारमा हालसम्म दुई अर्ब ७३ करोड रुपैयाँ बढीको कारोबार भइसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको