Like us!
Follow us!
Connect us!
Watch us!

बोटलर्स नेपालको मूल्यमा लगातार छैटौं पोजिटिभ सर्किट, कति पुग्यो मूल्य?

अर्थ संसार

सोमबार, ०२ पुस २०८०, १३ : २६ मा प्रकाशित

बोटलर्स नेपालको मूल्यमा लगातार छैटौं पोजिटिभ सर्किट, कति पुग्यो मूल्य?

बोटलर्स नेपाल (बालाजु) को सेयर मूल्यमा सोमबार लगातार छैटौं पोजिटिभ सर्किट लागेको छ ।

मङ्सिर २५ गते उक्त कम्पनीको मूल्य दुई हजार चार सय ५३ रुपैयाँ रहेकोमा आज पुस २ गते उक्त मूल्य चार हजार तीन सय ४५ रुपैयाँ पुगिसकेको छ । यो भनेको करिब ७७ प्रतिशतको वृद्धि हो । सेयर भाउ उच्च बढेपनि उक्त कम्पनीमा सप्लाई भने शून्यप्राय नै छ भने सेयरको माग निकै धेरै रहेको छ ।

बोटलर्स नेपालले यसपटक २० प्रतिशत मात्र नगद लाभांश घोषणा गरेको छ । तर निकै बलियो रिजर्भ तथा इपिएस रहेको हुँदा उक्त कम्पनीको सेयर हटकेककै रुपमा लिइदै आएको छ । पछिल्लो वित्तीय विवरण अनुसार उक्त कम्पनीको नेटवर्थ तीन हजार दुई सय २४ रुपैयाँ तथा वार्षिकीकरण गरिएको प्रति सेयर आम्दानी एक सय ९१ रुपैयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको