Like us!
Follow us!
Connect us!
Watch us!

चितवनको चुनावी सभामा प्रचण्डले भने–‘ कांग्रेसको नेता उम्मेद्वार भए पो प्रतिस्पर्धी छ भन्नू’

सोमबार, २७ कार्तिक २०७४, ११ : ५६ मा प्रकाशित

चितवनको चुनावी सभामा प्रचण्डले भने–‘ कांग्रेसको नेता उम्मेद्वार भए पो प्रतिस्पर्धी छ भन्नू’

अर्थ संसार, कार्तिक – माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवन क्षेत्र नं.(३ मा आफ्नो प्रतिस्पर्धी नै नभएको बताउनु भएको छ।

“चितवन(३ मा कांग्रेसका थुप्रै नेताहरु थिए, कांग्रेसकै नेता उठेको भए मेरो प्रतिस्पर्धी छन् भन्न हुन्थ्यो“ पार्वतीपुरमा आयोजित सभामा प्रचण्डले भन्नुभयो, “कांग्रेसका साथीहरुले राप्रपालाई अघि सार्नुभयो।

एउटा लोकतान्त्रिक पार्टीले राजतन्त्रको पक्षधर पार्टीका मान्छेलाई अघि सारेपछि मेरो प्रतिस्पर्धी छ कसरी भन्नू ? राजा फाल्न, गणतन्त्र ल्याउन संघर्ष गरेको कांग्रेसले हलोमा भोट हाल्दा बिपीको अपमान हुन्छ, गणेशमानको अपमान हुन्छ।
शान्ति सम्झौतामा हस्ताक्षर गर्ने गीरिजा बाबूको अपमान हुन्छ।

गणतन्त्र र संघीयताको अपमान हुन्छ। तपाईं जिन्दगीभर जसका विरुद्ध लड्नुभयो, त्यही पार्टीको हलोमा भोट हाल्न तपाईको कुन नैतिकताले देला ?“

“जीवनको अन्तिम क्षणमा गीरिजा बाबू अस्पतालमा हुनुहुन्थ्यो, म भेट्न गएँ“ प्रचण्डले भन्नुभयो, गीरिजा बाबूले प्रचण्डजी यो देश तपाईलाई जिम्मा लगाएर जाँदैछु भन्नुभयो। कांग्रेसलाई जिम्मा लगाएर जाँदैछु भन्नुभएन। त्यो गीरिजा बाबूको गणतन्त्रप्रतिको निष्ठा थियो। अहिले राप्रपालाई बोकेर कांग्रेसले गणतन्त्रप्रतिको प्रतिवद्दता भूल्न खोजेको छ। यो कुरा कांग्रेसका साथीहरुले बुझ्न जरुरी छ ।

अब नेपालमा कम्युनिष्ट र कांग्रेस बीच मात्र प्रतिस्पर्धा हुने बताउनु भयो। उहाँले भन्नुभयो, “विचार मिल्ने पार्टीहरु एक हुनु नै देशका लागि राम्रो हुन्छ।

राजनीतिक स्थीरताका लागि पनि थोरै पार्टी हुनुपर्छ। कांग्रेसले पनि विचार मिल्नेहरुसँग एकता गरोस्। बामपन्थी एकता कसैका विरुद्ध लक्षित छैन। हाम्रो विचार मिल्यो र एक ठाउँमा आयौं। कांग्रेस पनि विचार मिल्नेहरुसँग मिल्दा हामी खुसी नै हुन्छौं

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको