Like us!
Follow us!
Connect us!
Watch us!

आयात घट्दा निर्यात झनै घट्यो, व्यापार घाटा ५.७९ खर्ब

अर्थ संसार

आइतबार, ०८ पुस २०८०, १४ : ०३ मा प्रकाशित

आयात घट्दा निर्यात झनै घट्यो, व्यापार घाटा ५.७९ खर्ब

पछिल्लो साढे ४ महिनाको तथ्यांक हेर्दा आयात निर्यात दुवैमा गिरावट आएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार आव २०८०/८१ को साउन देखि मध्य मङ्सिरसम्म छ खर्ब ४२ अर्ब २० करोड रुपैयाँ बराबरकाे वस्तु आयात गरिएकोमा ६३ अर्ब २० करोड रुपैयाँ बराबरको निर्यात भएको छ । अघिल्लो आवको तुलनामा आयातनिर्यात दुवैमा गिरावट आएको हो । तथ्यांक अनुसार आयात ३.३९ प्रतिशत तथा निर्यात ६.०९ प्रतिशतले घटेको हो ।

यस अवधिमा व्यापार घाटा पाँच खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ । यसगरी आयातनिर्यात अनुपात १०.१६ गुणा तथा वैदेशिक व्यापारमा आयातको कुल हिस्सा ९१.०४ प्रतिशत तथा निर्यातको कुल हिस्सा ८.९६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको यसै अवधिसम्म आयातनिर्यात अनुपात ९.८८ गुणा रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको