Like us!
Follow us!
Connect us!
Watch us!

छ महिनामा १० खर्बको वैदेशिक व्यापार, व्यापार घाटा ७ खर्ब ९७ अर्ब

अर्थ संसार

बुधबार, ०७ माघ २०८२, १६ : ४९ मा प्रकाशित

छ महिनामा १० खर्बको वैदेशिक व्यापार, व्यापार घाटा ७ खर्ब ९७ अर्ब

चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा नेपालले १० खर्ब रुपैयाँभन्दा बढीको वैदेशिक व्यापार गरेको छ। साउनदेखि पुससम्म कुल वैदेशिक व्यापार १० खर्ब ८१ अर्ब ४ करोड रुपैयाँ पुगेको हो।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.३६ प्रतिशतले बढी हो। गत आवको यसै अवधिमा नेपालले ९ खर्ब २१ अर्ब १५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो। यस अवधिमा नेपालले ७ खर्ब ९७ अर्ब रुपैयाँको व्यापार घाटा व्यहोरेको छ। जुन गत आवको सोही अवधिको ७ खर्ब २३ अर्ब ५८ करोड रुपैयाँको घाटाभन्दा बढी हो।

भन्सार विभागका अनुसार चालू आवको पहिलो छ महिनामा ९ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा १४.१८ प्रतिशतले वृद्धि भएको हो। गत वर्ष सोही अवधिमा ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँको वस्तु आयात भएको थियो। त्यसैगरी, यस अवधिमा नेपालबाट १ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा ४३.७६ प्रतिशतले बढी हो। गत वर्ष सोही अवधिमा ९८ अर्ब ७८ करोड ९२ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको