Like us!
Follow us!
Connect us!
Watch us!

नेताहरु ओली, दाहाल र केसी गलकोट आउने

मंगलबार, २८ कार्तिक २०७४, ०८ : ५५ मा प्रकाशित

नेताहरु ओली, दाहाल र केसी गलकोट आउने

अर्थ संसार, बागलुङ– जिल्लाको गलकोटमा हुने चुनावी आमसभालाई सम्बोधन गर्न आगामी बिहीबार प्रमुख तीन वाम दलका अध्यक्ष यहाँ आउनुहुने भएको छ ।

नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली, नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । गलकोट नगरपालिका–३ स्थित गलकोट बहुमुखी क्याम्पस परिसरमा हुने आमसभाको तयारी तीव्र पारिएको छ ।

आसन्न प्रतिनिधि र प्रदेशसभा चुनावमा वाम गठबन्धनको पक्षमा चुनावी माहोल सिर्जना गर्न आमसभाको आयोजना गरिएको हो । तीनै दल सम्मिलित चुनाव परिचालन जिल्ला संयोजन समितिको आयोजनामा हुने आमसभामा जनगायक जीवन शर्मा र विष्णु खत्रीको विशेष सांगीतिक प्रस्तुति रहने समितिका सदस्य ज्ञामनाथ गैरे ‘अनिल’ ले जानकारी दिनुभयो । आमसभाको प्रचारप्रसार र व्यवस्थापनको काम अघि बढेको उहाँको भनाइ छ ।

जिल्लाको मध्य क्षेत्र गलकोटमा हुने आमसभामा हजारौँको सहभागिता रहने जिल्लास्तरीय नेताहरुको दाबी छ । “आमसभालाई व्यवस्थित बनाउन तयारी अघि बढेको छ, प्रचारप्रसार गरिरहेका छौँ”, समितिका सदस्य गैरेले भन्नुभयो ।

नेकपा ९एमाले०का अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालको संयुक्त चुनावी प्रचार कार्यक्रमअन्तर्गत उहाँहरु बागलुङ आउन लाग्नुभएको हो । जिल्लामा राष्ट्रिय जनमोर्चासहितको वाम गठबन्धन बनेकाले राजमोका अध्यक्ष केसी पनि आमसभालाई सम्बोधन गर्न आउन लाग्नुभएको हो ।

प्रधानमन्त्री र उपप्रधानमन्त्री भइसक्नुभएका ओली, दाहाल र केसी एकसाथ आमसभामा आउने खबरले नेता, कार्यकर्ता उत्साहित बनेका छन् । जिल्लामा तीनै दल गठबन्धन बनाएर आसन्न प्रतिनिधि र प्रदेशसभा चुनाव लड्दैछन् ।

प्रतिनिधि र प्रदेश गरी एक–एक क्षेत्र नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र०ले पाएका छन् भने राष्ट्रिय जनमोर्चाले दुई प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएको छ । वाम गठबन्धनको प्रमुख प्रतिस्पर्धी नेपाली काँग्रेस भने एक्लै चुनावी मैदानमा उत्रेको छ । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको