Like us!
Follow us!
Connect us!
Watch us!

आन्दोलनमा दुई जनाको मृत्यु भएपछि बल्ल सबैले दिन पाउने भए कोरियन भाषा परीक्षा

अर्थ संसार

शुक्रबार, १३ पुस २०८०, १७ : १४ मा प्रकाशित

आन्दोलनमा दुई जनाको मृत्यु भएपछि बल्ल सबैले दिन पाउने भए कोरियन भाषा परीक्षा

आन्दोलनमा दुई युवकले ज्यान गुमाएपछि उच्च अदालतले सीप बिल्डिङमा अनुत्तीर्ण भएका परीक्षार्थीले पनि उत्पादनमुलक क्षेत्रतर्फ भाषा परीक्षा दिन पाउने गरि निर्णय सुनाएको छ ।

न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले रिट निवेदक र उनीहरु सरहका समान प्रकृतिका परीक्षार्थीलाई परीक्षामा सहभागी गराउन आदेश दिएको हो । यसअघि सिप बिल्डिङमा परीक्षा दिएर अनुत्तीर्ण भई अन्य क्षेत्रका लागि भाषा परीक्षा दिन नपाउने व्यवस्थाविरुद्ध अदालतमा मुद्दा दायर गरि १८ जनाले भने अन्तरिम आदेशमार्फत उत्पादनमूलक क्षेत्रका लागि परीक्षा फारम भर्न पाएका थिए ।

त्यसअघि आज ललितपुरको बालकुमारीमा आन्दोलित भिडले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने गाडी जलाएका थिए भने झडपमा दुई युवकले ज्यानसमेत गुमाएका छन् । सिप बिल्डिङमा अनुत्तीर्ण भई उत्पादनमूलक क्षेत्रका लागि परीक्षा फारम भर्न नपाएका करिब ३० हजार युवा आन्दोलित भएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको