Like us!
Follow us!
Connect us!
Watch us!

कोसोभोले पायो सेङ्गेन जोनको मान्यता, भिसा बिना नै युरोप घुम्न पाइने

अर्थ संसार

मंगलबार, १७ पुस २०८०, १४ : ०१ मा प्रकाशित

कोसोभोले पायो सेङ्गेन जोनको मान्यता, भिसा बिना नै युरोप घुम्न पाइने

युरोपियन सेङ्गेन जोनको मान्यता पाएसँगै अब पश्चिम् बाल्कन देश कोसोभोका नागरिक पनि बिना भिसा युरोपका २७ देशमा भ्रमण गर्न पाउने भएका छन् ।

खुला सीमासहितको सेङ्गेन क्षेत्रको मान्यता पाएसँगै सयौं कोसोभार त्यहाँको प्रिस्टिना एयरपोर्ट पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । सेङ्गेन जोनको मान्यता पाएको खुशीमा त्यहाँको सरकारले चिट्ठामार्फत ५० जनालाई दुई दिने भ्रमणको उपहार दिएको छ । 

सेङ्गेन क्षेत्रमा रहेका देशका करिब ४० करोड जनसंख्या बिना भिसा ती देशहरुमा आवतजावत गर्न पाउँदछन् । कोसोभोले सन् २०१८ मै सेङ्गेन जोनमा सहभागी हुन सम्पूर्ण प्रक्रिया पूरा गरे पनि आप्रवासी भित्रीने डरले फ्रान्स र नेदरल्यान्डले कोसोभोलाई मान्यता दिन रोकेका थिए । सर्वियाबाट सन् २००८ मा स्वतन्त्रता पाएको कोसोभोले संयुक्त राष्ट्रसंघको मान्यता भने पाउन सकेको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको