Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकको शाखा हेटौडा बजारमा

बुधबार, २९ कार्तिक २०७४, १२ : ४१ मा प्रकाशित

ज्योति विकास बैंकको शाखा हेटौडा बजारमा

अर्थ संसार, काठमाडौं– ज्योति विकास बैंक लिमिटेडले देशभर आफ्नो सेवा विस्तार गर्ने क्रममा मंगलबारदेखि मकवानपुर जिल्लाको हेटौडा बजारमा नयाँ शाखा कार्यालय स्थापना गरी औपचारिक रुपमा संचालनमा ल्याएको छ ।

मकवानपुर जिल्लाको ग्रामिण भेग बागमती गाउँपालिकाको फापरबारीमा नँया शाखा संचालनमा ल्याएको हो ।

उक्त शाखा कार्यालयको समुद्घाटन नेपाल राष्ट्र बैंक, बीरगन्जका प्रमुख, निर्देशक रबिन्द्र महर्जनले गर्नुभएको थियो । उद्घाटन समारोहको अध्यक्षता विकास बैंकका संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले गर्नु भएको थियो ।

आफ्नो सेवा क्षेत्रलाई शहरी एवं ग्रामिणभेग र वित्तीय पहुँच नपुगेका स्थानहरुमा शाखा विस्तार गर्दै लगिने र मुनाफालाई मात्र नहेरी सामाजिक उत्तरदायित्व र सेवा भाव समेतलाई जोड दिदै आएको कुरा अध्यक्षले व्यक्त गर्नु भयो ।

कार्यक्रममा विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले बैंकको वित्तीय अवस्था, बैंकले प्रदान गर्ने सेवा सुविधा लगायत विविध विषयमा जानकारी गराउनु भयो । उक्त शाखाले स्थानीय स्तरमा कृषि उत्पादन, पशुपालन, फलफूल खेती, उद्योग, व्यापार व्यवसाय समेतमा केन्द्रित गरी लघुवित्त कार्यक्रम समेत संचालन गरी बैंकिङ्ग सुविधा उपलव्ध गराउने छ ।

हाल विकास बैंकले ४६ वटा शाखा कार्यालय तथा १४ वटा एटिएम मार्फत विभिन्न निक्षेप योजना तथा कर्जा सुविधा सहित एविविएस, आश्वा लगायतका सम्पुर्ण आधुनिक बैकिंङ्ग सेवाहरु ग्राहकहरुलाई उपलव्ध गर्दै आएको छ ।

हालसम्म विकास बैंकले करिब १२ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन तथा १० अर्व ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिशन) पश्चात विकास बैंकको चुक्ता पूँजी २ अर्व ३७ करोड पुगेको छ ।

गत आ.व. को नाफाबाट बोनस सेयर वितरण गरी नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरको विकास बैंकलाई तोकेको चुक्ता पूँजी पुग्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको