Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबजार सकारात्मक लयमा अघि बढ्दै, कारोबारमा उल्लेख्य वृद्धि

अर्थ संसार

मंगलबार, २४ पुस २०८०, १५ : २३ मा प्रकाशित

सेयरबजार सकारात्मक लयमा अघि बढ्दै, कारोबारमा उल्लेख्य वृद्धि

मङ्गलबार सेयरबजारमा दोहोरो अङ्कको वृद्धि हुँदा कारोबार पनि बढेको छ ।

हिजो पनि ३६.५७ अङ्कले बढेको सेयरबजार आज थप २०.६२ अङ्कले बढेर २०८०.१२ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल चार अर्ब ६७ करोड ५२ लाख २४ हजार नौ सय ६ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने बढेर ६ अर्ब ११ करोड ८३ लाख १७ हजार आठ सय ६६ रुपैयाँ पुगेको छ । बजार बढ्दा कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा अप्पर स्याङ्गे हाइड्रो, तेह्रथुम पावर हाइड्रो, सिन्धु विकास बैंक, सप्तकोशी विकास बैंक, कर्णाली विकास बैंक, कालिका लघुवित्त, हिमालयन रिइइन्स्योरेन्स, त्रिशुली जलविद्युत कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी, ग्रीन डेभलपमेन्ट बैंक र मुक्तिनाथ कृषि कम्पनी रहे । ती कम्पनीको सेयर मूल्य ९.९ प्रतिशत बढीले वृद्धि भयो । सोमबार सर्वाधिक गुमाउनेमा धौलागिरी लघुवित्त, सिएचडिसी र मान्डु हाइड्रो रहे । उक्त कम्पनीहरुको सेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घट्यो ।

आज विकास बैंक उपसूचक सर्वाधिक ५.२१ प्रतिशतले बढ्दा फाइनान्स ३.६४ प्रतिशत र होटल तथा पर्यटन उपसूचक २.७२ प्रतिशतले बढे । आज हाइड्रोपावर उपसूचक सर्वाधिक ०.४५ प्रतिशतले घट्दा म्युचुअल फन्ड उपसूचक ०.१५ प्रतिशतले घट्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको