Like us!
Follow us!
Connect us!
Watch us!

‘इमान र धर्मसहितको व्यापारमा जोड दिनुपर्छ’

बुधबार, २९ कार्तिक २०७४, १४ : २४ मा प्रकाशित

‘इमान र धर्मसहितको व्यापारमा जोड दिनुपर्छ’

अर्थ संसार, काठमाडौँ– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले इमान र धर्मसहितको व्यापारबाट उद्यमी व्यवसायी विमुख हुननहुनेमा जोड दिनुभएको छ ।

नेपाल उद्योग परिसंघ र अमेरिकामा प्रधान कार्यालय रहेको व्यावसायिक संस्था फ्रष्ट एण्ड सुलेभानले संयुक्त रुपमा मंगलबार यहाँ आयोजना गरेको उत्कृष्ट उद्यमी पुरस्कार वितरण समारोहमा उहाँले अधिक मुनाफा आर्जन गर्ने ध्येयलेमात्र व्यापार गर्न नहुने बताउँदै व्यापारिक धर्मलाई पनि अक्षुष्ण राख्नुपर्ने बताउनुभयो ।

मुलुकको राष्ट्रिय अर्थतन्त्रको उत्थानमा उद्योग क्षेत्रको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै उहाँले रोजगारीका निम्ति विदेशिनुपर्ने बाध्यताबाट युवावर्गलाई मुक्त गर्न स्वदेशमा उद्योगधन्दा कलकारखाना स्थापना अपरिहार्य भएको बताउनुभयो ।

त्यस अवसरमा उहाँले सिप्रदी टे«डिङ प्रालि र नेपाल एसबिआई बैँकलाई ‘सुपर प्लाटिनम अवार्ड’ र सुपर प्लाटिनम फस्र्ट रनर अप अवार्ड तथा मेघा बैँक र विजय डिष्टिलरीलाई ‘गोल्ड अवार्ड’ प्रदान गर्नुभयो ।

नेपालका ११ वटा कम्पनीलाई उदीयमान व्यवसाय, मध्यमस्तरको व्यवसाय, ठूला व्यवसाय र ‘मेगा’ व्यवसाय समूहमा विभाजन गरी पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा दिइएको जानकारीअनुसार ती कम्पनीले व्यावसायिक योजना, त्यसको कार्यान्वयन, सेवाको गुणस्तर, उपभोक्ताको सन्तुष्टि, मुनाफाको स्तर, राजस्वमा पु¥याएको योगदान, संस्थागत सामाजिक उत्तरदायित्व, लागत न्यूनीकरणजस्ता विविध पक्षको सूक्ष्म विश्लेषण गरी पुरस्कार प्रदान गरिएको आयोजकले जनाएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको