Like us!
Follow us!
Connect us!
Watch us!

उम्मेदवारलाई सुरक्षा दिन एमालेको माग

बुधबार, २९ कार्तिक २०७४, १५ : ०७ मा प्रकाशित

उम्मेदवारलाई सुरक्षा दिन एमालेको माग

अर्थ संसार, काठमाडौँ– नेकपा (एमाले) ले आफ्ना उम्मेदवारमाथि लक्ष्य गरी आक्रमण र धम्कीको शृङ्खला नरोकिएको जनाउँदै उम्मेदवारहरुलाई सुरक्षा दिन माग गरेको छ ।

एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारमा रहेका वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारमाथि सांघातिक आक्रमण र धम्कीका घटना बढेकाले सुरक्षा माग गरेको हो ।

सो कमिटीका प्रवक्ता विष्णु रिमालले आज जारी गरेको विज्ञप्तिमा पछिल्लो समय पार्टीका वैकल्पिक पोलिटब्यूरो सदस्य, पूर्वमन्त्री तथा भोजपुर– १ बाट प्रदेशसभा सदस्यका उम्मेदवार शेरधन राईमाथि कात्तिक २८ गते बिहान सांघातिक आक्रमण भएको तथा सुनसरी– ३ का उम्मेदवार तथा केन्द्रीय सदस्य भगवती चौधरीलाई परिवारका सबै सदस्यमाथि आक्रमण गर्ने धम्की दिइएको जनाइएको छ ।

“चुनावी अभियानमा अवरोध पु¥याउन भएको उक्त आक्रमणको जिम्मेवारी अमुक पार्टीलाई लिन लगाउँदै सरकार रमिते बनेर बस्नुले कतै सरकार आफैँ घटनाको योजनाकार त होइन भन्ने गम्भीर प्रश्न उब्जिएको छ ”, विज्ञप्तिमा भनिएको छ, “सरकार निर्वाचन सम्पन्न गराउने काममा केन्द्रित हुन छाडेर आचारसंहिता उल्लंघन गर्ने, कर्मचारीमा सरुवा आतंक मच्चाउने र भौतिक आक्रमणसमेत गराउन उद्दत हुन थालेको आभाष पछिल्लो घटना क्रमले देखाएको छ ।” रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको