Like us!
Follow us!
Connect us!
Watch us!

सबिफिनका अध्यक्ष पवन गोल्यानद्वारा पदबाट राजीनामा, उपेन्द्र पौडेल अध्यक्षमा सर्वसम्मत

अर्थ संसार

विहीबार, २६ पुस २०८०, २१ : ३८ मा प्रकाशित

सबिफिनका अध्यक्ष पवन गोल्यानद्वारा पदबाट राजीनामा, उपेन्द्र पौडेल अध्यक्षमा सर्वसम्मत

बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालका अध्यक्ष पवनकुमार गोल्यानले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। पुस २५ गते सम्पन्न सिबिफिन कार्यसमितिको १५औँ बैठकले उनको राजीनामा स्वीकृत गरेको हो। 

एनएमबी बैंकको आसन्न साधारण सभाबाट बैंकको सञ्चालक समितिबाट अलग हुन गइरहेको पूर्वजानकारी सहित संस्थाको विधानको भावना र मर्मलाई आत्मसात गर्दै पदीय आचरण र नैतिकताका आधारमा गोल्यानले अध्यक्ष पदबाट राजीनामा दिएका थिए।

निवर्तमान अध्यक्ष गोल्यानको राजीनामासँगै रिक्त हुन आएको अध्यक्ष पदमा परिसंघको वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा बसेको कार्यसमितिको १५औ बैंठकले नबिल बैंकका अध्यक्ष तथा सिबिफिनको कार्यसमिति सदस्य उपेन्द्र पौडेललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ।

अध्यक्षमा सर्वसम्मत भएका पौडेल विगत तीन दशकदेखि बैंकिङ क्षेत्रमा क्रियाशील छन्। सन् १९८६ मा स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ सेवामा प्रवेश गिरेका पौडेलले एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत कुशलतापूर्वक निर्वाह गरेका थिए।

एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश लिएपश्चात् उनी नबिल बैंकको सञ्चालक हुँदै हाल अध्यक्षको जिम्मेवारीमा रहेका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको