Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा क्यापिटलको साधारण सभा सम्पन्न

अर्थ संसार

आइतबार, २९ पुस २०८०, ०८ : ४५ मा प्रकाशित

गरिमा क्यापिटलको साधारण सभा सम्पन्न

गरिमा क्यापिटल लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको पौष २५ गते बुधबार आठौं वार्षिक साधारण सभा सम्पन्न भएको हो । साधारण सभाले आ.व. २०७९।८० को वार्षिक प्रतिबेदन पारित गरी आ.व. २०८०।८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु पारित गरेको छ ।

क्यापिटलका सञ्चालक समितिका अध्यक्ष दिपक पाण्डेयको अध्यक्षतामा सम्पन्न आठौं वािर्षक साधारण सभामा आ.व. २०७९।८० को वार्षिक प्रतिवेदन उपर सहभागी शेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष दिपक पाण्डेय एवं प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले स्पष्ट पारेका थिए ।

गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा (पोर्टफोलियो म्यानेजमेन्ट सर्भि – पिएमएस) तथा निक्षेप सदस्य (डिपोजटरी पार्टिसिपेन्ट – डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आएको जनाएको छ ।

कम्पनीले निकट भविष्यमा कोष सुपरिवेक्षक र कोष प्रवद्र्धकको प्रचलित कानून बमोजिम आवश्यक स्वीकृति लिई गरिमा म्युचुअल फण्ड अन्तर्गत विभिन्न बन्दमुखी तथा खुल्लामुखी योजनाहरु व्रmमशः दर्ता तथा सञ्चालन गर्दै अगाडी बढ्ने जानकारी गराएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको