गरिमा विकास बैंक लिमिटेडको कोष प्रवद्र्धक र गरिमा क्यापिटल लिमिटेडको योजना व्यवस्थापकत्वमा संचालित "गरिमा समृद्धि योजना" को इकाई बाँडफाँड प्रक्रिया आज मिति २०८१ साल पौष १८ गते सफलतापूर्वक सम्पन्न भएको छ।
यस योजना अन्तर्गत रु. १०,००,००,००० (दश करोड) को बीज पुँजी रहेको १० करोड इकाई मिति २०८१ साल पौष ७ देखि ११ गतेसम्म सार्वजनिक निष्काशनका लागि खुल्ला गरिएको थियो। उक्त अवधिमा ९४,६८१ आवेदकहरूले १२ करोड १८ लाख ७८ हजार ५ सय १० इकाईका लागि आवेदन दिएका थिए। आवेदनको संख्या धेरै भएकाले, "सामूहिक लगानी कोष निर्देशिका, २०६९" अनुरुप योजना आकारको २५ प्रतिशत थप इकाई बाँडफाँड गर्ने निर्णय गरिएको थियो।
यस योजना अन्तर्गत अन्तिम रूपमा १२,५०,००,००० इकाई वितरण गरिएको छ। निष्काशन बैंक र बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडको समन्वयमा आज बिहान ९:०० बजे इकाई बाँडफाँड प्रक्रिया सम्पन्न भएको हो।
गरिमा क्यापिटल लिमिटेडले यस निष्काशन कार्यमा सहयोग पुर्याउने सबै आवेदक, बैंक, वित्तीय संस्थाहरू र अन्य नियामक निकायहरूलाई धन्यवाद व्यक्त गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस