गरिमा म्युचूअल फण्ड, जसको कोष प्रवद्र्धक गरिमा विकास बैंक लिमिटेड र योजना व्यवस्थापक गरिमा क्यापिटल लिमिटेड हो, ले आफ्नै पहिलो बन्दमुखी योजना "गरिमा समृद्घि योजना" को सार्वजनिक निष्काशन र बिक्री चार (४) कार्य दिनमा नै सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिएको छ।
यस योजनाले रु. १ अर्बको बीज पुँजी सहित १०,००,००,००० (दश करोड) इकाईहरूलाई रु. १० प्रति इकाईको मूल्यमा सार्वजनिक निष्काशन गर्न थालेको थियो। २०८१ साल पौष ७ गतेदेखि ११ गतेसम्म खुल्ला गरिएको यस सार्वजनिक निष्काशन अवधिमा मागभन्दा बढी आवेदन प्राप्त भएको कारण, निष्काशन र बिक्री कार्य मिति ११ पौष २०८१ देखि बन्द गरिएको छ।
गरिमा म्युचूअल फण्डले यस निष्काशन कार्यमा सहयोग पुर्याउने सबै लगानीकर्ताहरूसँग, सि-आस्बा सदस्य बैंक र वित्तीय संस्थासँग, निष्काशन बैंक र नियमन निकायहरूसँग हार्दिक धन्यवाद ज्ञापन गरेको छ। साथै, आगामी दिनहरूमा पनि सबैको साथ र सहयोगलाई जारी राख्ने विश्वास व्यक्त गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस