Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा क्यापिटलले पायाे म्युचुअल फण्डको योजना व्यवस्थापक तथा डिपोजीटरीको रुपमा कार्य गर्न अनुमति

अर्थ संसार

सोमबार, ०२ पुस २०८०, ०९ : ३० मा प्रकाशित

गरिमा क्यापिटलले पायाे म्युचुअल फण्डको योजना व्यवस्थापक तथा डिपोजीटरीको रुपमा कार्य गर्न अनुमति

गरिमा क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट मङ्सिर २२ गते धितोपत्र सम्बन्धी ऐन तथा सो ऐन अन्तर्गत बनेको नियम तथा अन्य प्रचलित कानुनको अधिनमा रही सामूहिक लगानी कोषको योजना व्यवस्थापक र डिपोजिटरीको रुपमा कार्य गर्ने अनुमतिपत्र पाएकाे छ ।

कमलपोखरी, काठमाडौँमा मुख्य कार्यालय रहेको गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आएको छ । यसैगरी, निकट भविष्यमा नै कोष सुपरिवेक्षक र कोष प्रवद्र्धकको प्रचलित कानून बमोजिम आवश्यक स्वीकृति लिई गरिमा म्युचुअल फण्ड अन्तर्गत विभिन्न बन्दमुखी तथा खुल्लामुखि योजनाहरु क्रमशः दर्ता तथा सञ्चालन गर्दै अगाडी बढ्ने जानकारी दिएकाे छ ।

गरिमा क्यापिटल लिमिटेड, गरिमा विकास बैंक लिमिटडको सहायक कम्पनी हो । गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरु ग्राहक समक्ष पुर्याउन गरिमा विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट सहजिकरण हुँदै आएको जनाएकाे छ । यस संस्थाले आफ्ना सेवाहरु अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडि बढ्ने बताएकाे छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको