२१०० अङ्कको मनोवैज्ञानिक अवरोधको विन्दु तोडेको सेयरबजारमा आइतबार दोहोरो अङ्कको वृद्धि भएको छ ।
बिहीबार ०.६२ अङ्कले घटेर बन्द भएको सेयरबजार आज साताको पहिलो दिन भने ३१.६२ अङ्कले बढेर २१२०.६२ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल ४ अर्ब ३० करोड ७७ लाख ६३ हजार दुई सय ७७ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम पनि बढेर ५ अर्ब ४५ करोड चार लाख २१ हजार आठ सय ६ रुपैयाँ पुगेको छ । बजार बढ्दा आज कारोबार रकममा पनि वृद्धि भएको हो ।
आज सर्वाधिक कमाउने कम्पनीहरुमा तेह्रथुम पावर, माथिल्लो मैलुङखोला जलविद्युत, मध्य भोटेकोशी, कालिका पावर, हिमालयन पावर पार्टनर, त्रिशुली जलविद्युत कम्पनी, रसुवागढी हाइड्रो, दिव्यश्वरी हाइड्रो, दोल्ती हाइड्रो, हिमालयन रिइइन्स्योरेन्स, नेपाल वेयरहाउजिङ कम्पनी र मुक्तिनाथ कृषि कम्पनी रहे । ती कम्पनीको सेयर मूल्य ९.९ प्रतिशत बढीले वृद्धि भयो । सोमबार सर्वाधिक गुमाउनेमा निर्धन उत्थान लघुवित्त र मनकामना स्मार्ट लघुवित्त रहे । उक्त कम्पनीहरुको सेयरमूल्य २ प्रतिशत भन्दा बढीले घट्यो ।
आज हाइड्रोपावर उपसूचक सर्वाधिक ४.५८ प्रतिशतले बढ्दा अन्य उपसूचक २.७७ र माइक्रोफाइनान्स उपसूचक १.९६ प्रतिशतले बढे । आज ट्रेडिङ सर्वाधिक ०.०१ प्रतिशतले घट्दा होटल तथा पर्यटन उपसूचक ०.९२ प्रतिशतले घट्यो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस