ग्रीनलाइफ हाइड्रोपावर कम्पनीको लकइन अवधि समाप्त हुन लागेको छ । कम्पनीले एक सूचना जारी गर्दै आउँदो फागुन ६ गते लकइन पिरियड समाप्त हुन लागेको जनाएको हो ।
उक्त कम्पनीको साधारण शेयर विसं २०७७ को माघ २३ गतेदेखि फागुन ७ गतेसम्म सर्वसाधारणमा (कर्मचारीहरु समेतमा) निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार साधारण शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरी बाँडफाँट गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक शेयरधनीहरुले धारण गरेको शेयर, स्थानीय बासिन्दाहरु तथा कर्मचारीहरुलाई बाँडफाँट गरिएको शेयर लक इनमा राख्नु पर्ने व्यवस्था छ ।
सोही बमोजिम लक इनमा राखिएको उक्त शेयरको आउँदो फागुन ६ गते लक इनको समायावधि समाप्त हुने हुँदा संस्थापक शेयरधनी, स्थानीय बासिन्दाहरु तथा कर्मचारीहरु, नियामक निकायहरु लगायत अन्य सम्पूर्ण सरोकारवालाहरुमा जानकारीका लागि सूचना प्रकाशित गरिएको कम्पनीले जनाएको छ । कम्पनीको एक करोड ४४ लाख कित्ता संस्थापक शेयरधनीको, एक लाख तीन हजार छ सय कित्ता स्थानीय बासिन्दा र ६९ हजार नौ सय २८ कित्ता सेयर कर्मचारीहरुको लक इनमा रहेको थियो ।
यस हिसाबले कुल एक करोड ४५ लाख ७३ हजार पाँच सय २८ कित्ता सेयरको लक इन पिरियड समाप्त भएको हो । तर कम्पनीको संस्थापक शेयर सदस्य मध्ये संचालक सदस्यमा रहेका व्यक्ति तथा कम्पनीको उच्च तहमा रहेका कर्मचारीहरुले भने खरिद बिक्री गर्न पाईने छैन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस