Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ्ग कम्पनीको सेयरको लकइन समाप्त हुँदै, आइतबार खुल्नेछ कारोबार

अर्थ संसार

शुक्रबार, १८ जेठ २०८१, ०८ : ३९ मा प्रकाशित

मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ्ग कम्पनीको सेयरको लकइन समाप्त हुँदै, आइतबार खुल्नेछ कारोबार

मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ्ग कम्पनीले प्राथमिक निष्कासनका बेला म्युचुअल फन्डलाई छुट्ट्याएको सेयरको लकइन खुल्ने भएको छ ।

मुक्तिनाथ कृषि कम्पनीले म्युचुअल फन्डलाई छुट्ट्याएको ७० हजार कित्ता र नेपाल वेयरहाउजिङ्गले छुट्ट्याएको ६८ हजार ७५० कित्ता सेयरको लकइन समय सकिन लागेको हो । नेपाल वेयरहाउजिङ्गको जेठ १८ गते र मुक्तिनाथ कृषि कम्पनी जेठ १९ गते लकइन खुल्न लागेको हो । आज र भोलि सेयरबजार बन्द हुने हुँदा अब दुवै कम्पनीको सेयर एकैसाथ आइतबारदेखि कारोबारमा आउनेछ ।

दुवै कम्पनीले प्राथमिक निष्कासनको ५ प्रतिशत सेयर म्युचुअल फन्डका लागि छुट्ट्याएका थिए । गत मङ्सिर २५ धितोपत्र बोर्डले म्युचुअल फन्डलाई ६ महिने लकइन पिरियडको नियम लागू गरिदिएपछि फन्डहरुसँग होल्डिङमा रहेको सेयर लक इनमा परेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको