Like us!
Follow us!
Connect us!
Watch us!

जीवन विकास लघुवित्तको ठूलो संख्यामा सेयरको लकइन अवधि समाप्त हुँदै

अर्थ संसार

विहीबार, १७ जेठ २०८१, १० : १४ मा प्रकाशित

जीवन विकास लघुवित्तको ठूलो संख्यामा सेयरको लकइन अवधि समाप्त हुँदै

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको कर्मचारी तथा संस्थापकले धारण गरेको सेयरको लकइन अवधि समाप्त हुने भएको छ । 

कम्पनीले एक सूचना जारी गर्दै आउँदो असार २२ गते देखि लकइन पिरियड समाप्त हुने जनाएको हो । उक्त कम्पनीको संस्थापक समूहको ९० लाख ९५ हजार ७५२.५७ कित्ता शेयर तथा कर्मचारीलाई बाँडफाँड गरिएको ६७ हजार ३ सय ७५.९५ कित्ता सेयरको लकइन अवधि समाप्त हुन लागेको हो ।

कम्पनीले २०७८ सालको असार २३ गते सर्वसाधारणमा सेयर बाँडफाँड गरेको थियो । नेपाल धितोपत्र बोर्डको २०८० साल मङ्सिर २५ गतेको निर्देशन अनुसार साधारण शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरी बाँडफाँट गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक शेयरधनीहरुले धारण गरेको शेयर, स्थानीय बासिन्दाहरु तथा कर्मचारीहरुलाई बाँडफाँट गरिएको शेयर लक इनमा राख्नु पर्ने व्यवस्था छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको