Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबजारमा व्यापक वृद्धि, कारोबार आठ अर्ब नाघ्यो

अर्थ संसार

मंगलबार, ०२ माघ २०८०, १५ : १० मा प्रकाशित

सेयरबजारमा व्यापक वृद्धि, कारोबार आठ अर्ब नाघ्यो

पुस मसान्त सकिएसँगै सेयरबजारमा मङ्गलबार अर्धशतकीय अङ्कको वृद्धि भएको छ ।

आइतबार पनि ३१.६२ अङ्कले बढेर बन्द भएको सेयरबजार आज थप ५४.५४ अङ्कले बढेर २१७५.१७ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल ५ अर्ब ४५ करोड चार लाख २१ हजार आठ सय ६ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम पनि बढेर ८ अर्ब दुई करोड ३८ लाख ६२ हजार चार सय ६ रुपैयाँ पुगेको छ । बजार बढ्दा आज कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा युनाइटेड मोदी, बुटवल पावर, तेह्रथुम पावर, मकरखोला हाइड्रो, एनआरएन, घलेम्दी हाइड्रो, हिमालयन पावर पार्टनर, दिव्यश्वरी हाइड्रो, दोल्ती हाइड्रो, हिमालयन रिइइन्स्योरेन्स, अप्पर तामाकोशी, ङादी पावर, सामुदायिक लघुवित्त, नेपाल वेयरहाउजिङ कम्पनी र मुक्तिनाथ कृषि कम्पनी रहे । ती कम्पनीको सेयर मूल्य ९.९ प्रतिशत बढीले वृद्धि भयो । सोमबार सर्वाधिक गुमाउनेमा मिडसोलु हाइड्रो, बुद्धभूमि हाइड्रो, चिरख्वा र अप्पर लोहोरेखोला हाइड्रो रहे । उक्त कम्पनीहरुको सेयरमूल्य २ प्रतिशत भन्दा बढीले घट्यो ।

आज फाइनान्स उपसूचक सर्वाधिक ४.७५ प्रतिशतले बढ्दा लगानी उपसूचक ३.७० र हाइड्रोपावर उपसूचक ३.५१ प्रतिशतले बढे । आज कुनै पनि उपसूचक घटेनन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको