Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबजारमा दोहोरो अङ्कको करेक्सन, पौने दश अर्बको कारोबार

अर्थ संसार

बुधबार, ०३ माघ २०८०, १५ : २५ मा प्रकाशित

सेयरबजारमा दोहोरो अङ्कको करेक्सन, पौने दश अर्बको कारोबार

मङ्गलबार अर्धशतकीय अङ्कको वृद्धि भएको सेयरबजारमा बुधबार भने दोहोरो अङ्कको करेक्सन आएको छ ।

मङ्गलबार पनि ५४.५४ अङ्कले बढेर बन्द भएको सेयरबजार आज भने १२.१ अङ्कले बढेर २१६३.०६ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल ८ अर्ब दुई करोड ३८ लाख ६२ हजार चार सय ६ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम बढेर ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार आठ सय ६८ रुपैयाँ पुगेको छ । बजार घट्दा आज कारोबार रकममा भने उल्लेख्य वृद्धि भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा ग्लोबल आएमई लघुवित्त, नेपाल वेयरहाउजिङ कम्पनी र हिमालयन रिइन्स्योरेन्स कम्पनी रहे । ती कम्पनीको सेयर मूल्य ९.९ प्रतिशत बढीले वृद्धि भयो । सोमबार सर्वाधिक गुमाउनेमा भूगोल इनर्जी, इस्टर्न हाइड्रो, मुक्तिनाथ कृषि कम्पनी, दोल्ती हाइड्रो र राप्ती हाइड्रो रहे । उक्त कम्पनीहरुको सेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घट्यो ।

आज अन्य उपसूचक सर्वाधिक १.९४ प्रतिशतले बढ्दा बैंकिङ उपसूचक ०.४ र लघुवित्त उपसूचक ०.२८ प्रतिशतले बढे । आज फाइनान्स सर्वाधिक ३.५१ प्रतिशतले घट्दा हाइड्रोपावर २.८ प्रतिशत र उत्पादन उपसूचक १.९४ प्रतिशतले घट्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको