Like us!
Follow us!
Connect us!
Watch us!

स्वास्थ्य बीमामा परिवर्तन हुँदैछन् यी प्रावधानहरु...

अर्थ संसार

शुक्रबार, ०५ माघ २०८०, १० : ४४ मा प्रकाशित

स्वास्थ्य बीमामा परिवर्तन हुँदैछन् यी प्रावधानहरु...

लोककल्याणकारी सामाजिक सुरक्षा कार्यक्रमको अवधारणामा सञ्चालन हुँदै आएको राष्ट्रिय स्तरको स्वास्थ्य बीमा योजनामा विभिन्न परिवर्तनहरु हुने भएको छ ।

स्वास्थ्य बीमा बोर्डका अनुसार अब बीमितले सहभुक्तानी गर्नुपर्ने देखि बिरामी दर्ता शुल्क घटाइने लगायतका प्रावधानहरु ल्याइएको छ । माघ १ गते देखि लागू हुनेगरि अब बीमितले सहभुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ ।स्वास्थ्य बीमा कार्यक्रममा सहभुक्तानी कार्यविधि २०८० स्वीकृत गर्दै अब बीमितले १० प्रतिशत रकम सहभुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको हो । व्यवस्था अनुसार अब एक लाखको सेवा लिँदा बीमितले १० हजार रुपैयाँ आफैले तिर्नुपर्ने भएको छ ।

यसैगरी पुस २९ गतेको बोर्डको बैठकले बिरामी दर्ता शुल्क पनि घटाएको छ । पहिले एक सय र चार सय रहेका ओपिडि र इमर्जेन्सीको दर्ता शुल्क घटाएर क्रमश: ५० र एक सय रुपैयाँ कायम गरिएको छ । उक्त व्यवस्था अब माघ ८ गतेदेखि लागू हुनेछ । यसगरी बीमितले बीमा रकम भुक्तानी गरि दर्ता भएको तीन महिनापछि मात्रै सेवा लिन पाउने प्रावधानलाई घटाउँदै अब दुई महिनापछि नै बीमितले सेवा लिन पाउने भएका छन् ।

बीमा कार्यक्रमअन्तर्गत पाँच जना सदस्य भएको परिवारले प्रत्येक वर्ष तीन हजार पाँच सय रुपैयाँका दरले शुल्क बुझाई १० प्रतिशत सहभुक्तामी गरि एक लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा लिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको