Like us!
Follow us!
Connect us!
Watch us!

हिरक जयन्तीको अवसरमा चेम्बरद्धारा वृहत स्वास्थ्य शिविर सम्पन्न

अर्थ संसार

बुधबार, १४ साउन २०८२, १६ : १८ मा प्रकाशित

हिरक जयन्तीको अवसरमा चेम्बरद्धारा वृहत स्वास्थ्य शिविर सम्पन्न

नेपाल चेम्बर अफ कमर्सले हिरक जयन्तीको अवसरमा काठमाडौंको मनमैजुमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । महिलाहरुको स्तन जाँच तथा पाठेघरको मुखको क्यानसर परिक्षण अन्र्तगत १ सय भन्दा बढी महिलाहरुले स्वास्थ्य परीक्षण गराएका थिए । 

मुलुकको समग्र चेम्बर अभियानको ७५ औं ऐतिहासिक बर्षगाँठको  अवसरमा नेपाल चेम्बर अफ कमर्सले यो वर्ष विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । हीरक जयन्ती मुल समारोह समितिको समन्वयमा भएको कार्यक्रममा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर र सिल्भरलाईन हस्पिटलले प्राविधिक सहयोग गरेका थिए । 

वृहत स्वास्थ्य परिक्षण कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले हिरक जयन्तीका अवसरमा वृहत स्वास्थ्य परिक्षण लगायतका अन्य विभिन्न कार्यक्रमबाट लाभ लिन महिलाहरुलाई आग्रह गरे । महिलाहरुले स्वास्थ्य तन्दुरुस्तीका साथै आर्थिक लाभ हुनेगरी उद्यमी र व्यवसायिक गतिविधी समेत गर्दै अघी बढ्नुपर्नेमा निवर्तमान अध्यक्ष मल्लले जोड दिए । 

स्वास्थ्य शिविरबाट काठमाडौंको मनमैजु क्षेत्रका १०० भन्दा बढी महिलाहरुले स्वास्थ्यलाभ लिएको नेपाल चेम्बर अफ कमर्सको सामाजिक तथा स्वास्थ्य समितिका सभापति मृगेन्द्र मेहर श्रेष्ठले जानकारी दिए । साढे ७ दशकदेखि क्रियाशिल निजी क्षेत्रको प्रतिनिधिमुलक पहिलो सस्ंथा नेपाल चेम्बर अफ कमर्सले मुलुकको समग्र आर्थिक समृद्धि एवं निजी क्षेत्रको व्यावसायिक क्षमता अभिवृद्धिका लागि गरेका बिभिन्न गतिबिधिहरुलाई हीरक जयन्तीको अवसरमा उजागर गरिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको