Like us!
Follow us!
Connect us!
Watch us!

भूकम्पले क्षतिग्रस्त बौद्धनाथ पहिलेकै स्वरुपमा, स्थानीयको प्रयासले छिट्टै पुननिर्माण (फोटो फिचर)

मंगलबार, ०७ मंसिर २०७३, ११ : ३९ मा प्रकाशित

भूकम्पले क्षतिग्रस्त बौद्धनाथ पहिलेकै स्वरुपमा, स्थानीयको प्रयासले छिट्टै पुननिर्माण (फोटो फिचर)

भूकम्पले क्षतिग्रस्त बौद्धनाथको पुननिर्माणपछि दिउँसो र साँझको दृष्य । तस्बिरः हिरा लामा

अर्थ संसार

काठमाडौ– भूकम्पको चपेटामा परेर नराम्रोसँग थलिएको बौद्धनाथ स्तुपा यतिखेर दुलहीझैं सिंगारिएको छ । २०७२ बैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बौद्धनाथको निजीस्तरबाट पुननिर्माण सकिएको छ । पुननिर्मित स्तुपाको प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार उद्घाटन गर्देछन् । बौद्धनाथको देवातरण दिवशको साइतमा स्तुपाको उद्घाटन गर्न लागिएको बौद्धनाथ क्षेत्र विकास समितिले जनाएको छ । 

विश्व सम्पदा सूचीमा सूचीकृत स्तुपा भूकम्प बौद्धमार्गी समुदायको अग्रसरतामा पुननिर्माण गरीएको हो । स्तुपा पुनर्निर्माणमा करिब २३ करोड खर्च भएको समितिले जनाएको छ । 

उद्घाटन कार्यक्रममा सहभागी हुन चीन, भारत, श्रीलङ्का, म्यान्मा, ब्राजिल, जर्मनी, जापान, थाइल्यान्डलगायत मुलुकका धर्मगुरुहरु आएका छन् । ती मुलुकका राजदूत र कूटनीतिज्ञसमेत सहभागि हुनेछन् । भूकम्पले क्षतिग्रस्त भएपछि सर्वसाधारणलाई दर्शन गर्न रोकिएको बौद्धनाथ उद्घाटनपछि सबैका लागि खुला हुने छ । 

भूकम्पले क्षतिग्रस्त कैंयौं संरचना उस्तै अबस्थामा रहेकामा निजी क्षेत्रको सक्रियतामा पहिलो पटक बौद्धनाथको पुननिर्माण सकिएको हो । 

स्थानीय बासिन्दाको स्वस्फूर्त पहलमा भएको पुननिर्माणले सबैलाई चकित बनाएको छ । वौद्ध स्तुपामा ३० किलोग्राम सुनको जलपले स्तूपको मोलम्व बनाइएको छ । उक्त मोलम्ब बनाउन एकै ब्यक्ति वौद्ध गुरु ताइसितु पा रिम्पोछेले ११ करोड रुपैयाँ बराबरको २९ केजी सुन दान दिएका थिए । 

पूर्णरुपमा भत्केको डोमलाई पहिलेकै स्वरुपमा ल्याइएको छ । रंगरोगन गरेर स्तुपालाई चितिक्क बनाइएको छ । विश्वभरका बौद्धमार्गीहरुको आस्थाको केन्द्र बौद्ध स्तूप आफ्नै स्वरुपमा फर्किसकेको छ । स्तुपा पुननिर्माण गर्न वौद्ध एशोसिएशन अफ चाइनावाट डेढ करोड रुपैयाँ, चिनका होनान प्रान्त र मकाउका वौद्ध समुदाय एवम् विद्यार्थी–प्राध्यापकवाट डेढ करोड रुपैयाँ, चिनीया दूतावास, अमेरिकी वौद्ध समुदाय, थाइल्याण्डलगायतका मुलुक र क्षेत्र विकास समिति एवम् स्थानीयहरुवाट प्राप्त सहयोगवाट स्तुपाको पुननिर्माण गरिएको हो । 

5833e07fdba65.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको