Like us!
Follow us!
Connect us!
Watch us!

‘डिजे म्याग टप १००’ को नोमिनेसनमा क्लव प्लाटिनम, नेपालबाट प्रतिनिधित्व गर्दै

अर्थ संसार

बुधबार, १७ माघ २०८०, ०९ : ४९ मा प्रकाशित

‘डिजे म्याग टप १००’ को नोमिनेसनमा क्लव प्लाटिनम, नेपालबाट प्रतिनिधित्व गर्दै

नेपालकै सबैभन्दा ठूलो र चर्चित क्लब प्लाटिनम ‘डीजे म्याग टप १००’ का लागि मनोनयनमा परेको छ । योसँगै क्लब प्लेटिनम विश्वको सबैभन्दा ठूलो क्लब प्लेटफर्ममा सन् २०२४ का लागि नेपालको प्रतिनिधित्व गर्ने क्लब बनेको छ ।

जहाँ विभिन्न देश र महादेशका नाइट क्लबहरू सहभागी हुन्छन् । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२४ को क्लब क्याम्पियनमा काठमाडौंको दरबारमार्गमा रहेको क्लव प्लाटिनम परेको हो ।

हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्दै आएको डिजे म्यागको सन् २०२४ का लागि टप १०० का लागि क्लव प्लाटिनम मनोनयनमा परेको  हो ।

सन् २०२० मा स्थापना भएको क्लव प्लाटिनमले अन्तर्राष्ट्रिय मापदण्ड समेत पूरा गरेको छ । जसका कारण पनि उक्त सूचीमा क्लव प्लाटिनममा परेको हो ।

नेपालकै सबैभन्दा ठूलो क्लब प्लाटिनमको क्षमता एक हजार ८०० देखि दुई हजार जनासम्म रहेको क्लवका सञ्चालक सञ्जय तामाङ बताउँछन् ।

उनले भने–‘क्लव प्लाटिनम लोकप्रिय र प्रिमियम नाइट क्लबहरू मध्ये एक हो जसले साप्ताहिक डाटा बेसमा कार्यक्रमहरू गर्दै आएको छ ।’

क्लव प्लाटिनमले रात्रिकालिन व्यवसाय सञ्चालन गरेर आन्तरिक र बाह्य पर्यटकको प्रवर्द्धनसँगसँगै एकातिर देशमा रोजगारीको सृजना गरेको छ भने अर्कोतिर आर्थिक क्षेत्रमा पनि टेवा पुर्याएको सञ्चालक तामाङ दावी गर्छन् ।

क्लवका सञ्चालक तामाङले क्लव प्लाटिनमले अब नेपालको नाम विश्वभर चिनाउने भन्दै डिजे म्याग टप १०० को छनौटका लागि भोट गर्न अपिल गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको