Like us!
Follow us!
Connect us!
Watch us!

अरुण चौधरीलाई ठोस प्रमाण र आधार बिना पक्राउ गरेको भन्दै नाडा अटोमोवाइल्स एशोसिएशनद्वारा भत्सना

अर्थ संसार

विहीबार, १८ माघ २०८०, २१ : ४७ मा प्रकाशित

अरुण चौधरीलाई ठोस प्रमाण र आधार बिना पक्राउ गरेको भन्दै नाडा अटोमोवाइल्स एशोसिएशनद्वारा भत्सना

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले सीजी होल्डिङ्गसका अध्यक्ष, प्रवन्ध निर्देशक तथा देशको ठूलो औद्योगिक घरानाका अरुण चौधरीलाई कुनै ठोस प्रमाण र आधार बिना नै नेपाल प्रहरीले छानबिनका नाममा पक्राउ गरेको भन्दै त्यस कार्यको भत्सना गरेको छ। 

एशोसिएशन एक विज्ञप्ति जारी गर्दै यस  विषयकमा गहिरो अध्ययन र अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई आग्रह समेत गरेको छ ।

'पहिले  गिरफतारी तत्पश्चात मात्र समस्या पहिल्याउने प्रबृत्तिले व्यवसायीहरुलाई थप हतोत्साहित मात्र बनाएको छैन यसले आउदै गरेको लगानी सम्मेलनलाई समेत
नकारात्मक प्रभाव पार्ने देखिएको छ
। " नाडाले भनेको छ।

पहिला आवश्यक छानविन र सत्यतथ्य यकीन गरेर मात्र कानूनी प्रकृयालाई अघि बढाउन एशोसिएशनले  सरकारलाई आग्रह गरेको छ। 

 

65bbc2af0fabc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको