अर्थ संसार, सुरुङ्गा– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनपछि वामपन्थीको सरकार बन्ने दाबी गर्नुभएको छ ।
आज झापाको बिर्तामोडमा रहेको बिएण्डसी अस्पतालको आयोजनामा शुरु भएको पूर्वाञ्चल स्वास्थ्य महोत्सवको उद्घाटनपछि उहाँले यस्तो दाबी गर्नुभएको हो । वामपन्थीको सरकार देश र जनताका लागि हो भन्दै अध्यक्ष ओलीले जनतालाई अधिकार सम्पन्न र समृद्ध बनाउन यस्तो सरकार आवश्यक भएको धारणा व्यक्त गर्नुभयो ।
जनताका आकांक्षा पूरा गर्न आफूहरु एक भएर अघि बढेको उहाँको भनाइ थियो ।
प्रस्तावित मेडिकल कलेजका रुपमा रहेको बिएण्डसी अस्पतालको पूर्ण सफलताको कामना पनि उहाँले गर्नुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस