Like us!
Follow us!
Connect us!
Watch us!

बजार हाइड्रोमय: तथ्याङकले देखाउँछ 'जे छ हाइड्रो मै छ'

अर्थ संसार

बुधबार, ०२ फागुन २०८०, ०७ : ५० मा प्रकाशित

बजार हाइड्रोमय: तथ्याङकले देखाउँछ 'जे छ हाइड्रो मै छ'

फाल्गुण १ गते बुधबार नेप्सेमा ४ अर्ब ६६ करोड रुपैयाँको सेयर किनबेच भयो। यस कारोबारको सबैभन्दा चाखलाग्दो पक्ष भनेको यस कुल कारोबारको झन्डै ५२.१२ प्रतिशत हिसा हाइड्रोले ओगटेको देखिन्छ। अर्थात ४.६६ अर्ब मध्य २.४३ अर्बको सेयर किनबेच जलविद्युत कम्पनीका सेयर मात्रैको भयो। 

बजारमा आईपिओको वर्षात हुँदा अधिकांश नेप्सेमा सूचीकृत कम्पनी हाइड्रोपावरका  रहे।  हाल २४९ कारोबार योग्य कम्पनी रहेका छन्। त्यस मध्य पनि जलविद्युत क्षेत्रका मात्रै कारोबार योग्य ९१ कम्पनी रहेका छन्।

कारोबारका कम्पनी धेरै हुने भएपछि  लगानीकर्ता विभाजित हुने भएकाले नेप्सेमा अब हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण घट्ने र लगानीकर्ताको ध्यान अरु क्षेत्रमा जाने भन्ने  विभिन्न विश्लेषकहरुको भविष्यवाणी अहिले फेल खाएका छन्। 

नेप्सेको ९ दिनको कारोबारमा हाइड्रोको हिस्सा 

माथिको तथ्याङकले स्पष्ट रूपमा देखाउछ बजारको ट्रेडका मुख्य हिस्सा हाइड्रोमा आकर्षित रहेका छन्। यो साताको हेर्दा  कुल कारोबारको मंगलबार ५२.१२ % ले, सोमबार ४६.६७ % ले र आइतबार ४०.२५% ले ओगटेको देखिन्छ।  यी तीन दिन मात्र नभई अगाडी देखि नै बजारको प्रमुख ध्यान हाइड्रो मै रहेको प्रमाणीत गर्छ। 

आखिर के छ जलविद्युत कम्पनीका सेयरमा ?

सेयरबजारमा लगानी गर्ने अधिकांश लगानीकर्ता किन जलविद्युत कम्पनीको सेयरमा लगानी गरिरहेका छन् भन्ने कुरालाई विभिन्न कोणबाट विश्लेषण गरेका छौ। 

१. ट्रेडरको दृष्टिकोण

नेपालको बजारमा अहिले ट्रेडर हाबी रहेका छन्।  अहिले उनीहरुको ध्यान कम्पनीको कमाईबाट आएको लाभासं भन्दा पनि क्यापिटल गेन नै रहेको देखिन्छ। त्यसका लागि सेयर ट्रडेरको पहिलो रोजाईमा हाइड्रो कम्पनी पर्ने गरेका छन्। 

हाइड्रो कम्पनी छान्नुको फ्याक्टर 

  • आपूर्ति भन्दा माग उत्पन्न गर्ने सजिलो 
    ट्रेडरहरुको पहिलो रोजाईमा हाइड्रोका पनि 'लो क्याप' स्टक (कम्पनी) पर्ने गरेका छन्।  यसको कारण किन्न सजिलो, बजारमा थोरै कित्ता भएपछि बजारको राम्रो होल्डिङ्ग जम्मा गरेर बजारमा आपूर्ति भन्दा माग उत्पन्न गर्ने र आपूर्ति भन्दा माग धेरै भएपछि स्वभाविक रुपमा छोटो समयमा कम्पनीको मूल्य बढ्ने रहेको छ। 

  • अस्थिर मूल्य
    ट्रडेरहरुले कमाउने भनेकै सेयरको उतारचाडवमा हो। जसका कारण कम्पनीको सेयर जति अस्थिर भयो त्यहाँ ट्रडेरले आखाँ लगाएका हुन्छन। यस्तै अस्थिर अहिले हाइड्रोका सेयर हुने गरेका छन्। तल सस्तोमा किन्नेले माथि लगेर सेयर फाल्न पाएका छन् भने माथि फस्नेहरुले पनि तल औसत गरेर माथि फाल्न पाएका छन्। 

  • बलियो मनोविज्ञान
    बजारमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेकै मनोविज्ञान हो। अहिले जलविद्युतमा लगानीकर्ताको बलियो मनोविज्ञान रहेको छ।  बजार १८०० देखि २२०० को हेरक स्वींङ्गमा जलविद्युत क्षेत्रले नै अगुवाइ​ गरिरहेको छ। 

  • आधारभूत सेयरले दिएको पिडा 
    हाम्रो बजारले आधारभूत सेयर भन्ने बित्तिकै बैंक बुझ्ने गरेको छ। बैंकलाई आधारभूत मानेकाहरुले गएका केहि वर्षमा बैंकहरुबाट हरेक वर्ष घट्दो रुपमा लाभासं प्राप्त गरे या गर्दै गरेनन।  क्यापिटल जेन पनि नभएको र उल्टो भाउ पनि घटेको कारण सेक्टर रोटेसनको सिद्धान्त लगानीकर्ता बैंकबाट जलविद्युत्मा पसेको देखिन्छ। 

धेरै कम्पनी हुनुको फाइदा - तुलनात्मक हेर्दै प्रवेश 
बजारमा हाईड्रोका धेरै कम्पनी भएको फाइदा बजारमा ट्रडेरले उठाएका छन्।  कुनै कम्पनीमा ट्रडेर छिरेर मूल्य उचाल्दा तुलनात्मक रुपका उस्तै कम्पनीमा अरु ट्रडेरको प्रवेश हुने गरेको पाइएको छ। 

२ . आधारभूत लगानीकर्ताको दृष्टिकोण

आधारभूत लगानीकर्ता पनि जलविद्युतका कम्पनीमा आकर्षित देखिन्छन। उनीहरुले जलविधुतको भविष्य राम्रो देखिरहेका छन्। त्यसको कारण यी हुनसक्छन :

  • घट्दो ब्याजदर 
    • बजारको ब्याजदर घट्दा सबैभन्दा धेरै फाइदा हुने क्षेत्र भने कै जलविद्युत हो। ब्याजदर घट्दा कम्पनीको खर्च र लागत घट्छ जसको प्रत्यक्ष फाइदा कम्पनीको मुनाफा बढ्ने देखिन्छ। 
       
  • १० हजार मेगावाट 
    • गएको मे महिनाको अन्त्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको भ्रमण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको मुलुकले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली खरिद गर्ने घोषणा गरेका थिए। यस निर्णय गरेसँगै नेपाल र भारतको लगानीका जलविद्युत आयोजनाबाट उत्पादित बिजुली दीर्घकालीन ऊर्जा व्यापार सम्झौता गरेर बेच्न बाटो खुल्ने लगानीकर्ताले देखेका छन्। 
  • अरु कारण  
    • एमसिसि सम्झौताका कारण ट्रान्समिसन लाइनको सजिलो पहुँच
    • लगानी सम्मेलनमा गौतम अदानी आउने र लगानी भित्रिने विश्लेषण 
    • बजारमा EV को आकर्षण , डाटा सेन्टर जस्ता आदिको प्रचुर सम्भावना 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको