Like us!
Follow us!
Connect us!
Watch us!

सिइडिबी हाइड्रोपावरको साधारणसभा असोजमा, लाभांश र हकप्रद एजेण्डा

अर्थ संसार

आइतबार, ३० भदौ २०८१, ०७ : २८ मा प्रकाशित

सिइडिबी हाइड्रोपावरको साधारणसभा असोजमा, लाभांश र हकप्रद एजेण्डा

सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको साधारणसभा असोज २१ बस्ने भएको छ। कम्पनी सञ्चालक समितिको बैठकले काठमाडौंको कालिमाटीस्थित कालिमाटी ब्याङ्क्वेटमा बिहान १० बजे बस्ने गरी साधारणसभा तय गरेको हो।

साधारणसभाको मुख्य एजेण्डा लाभांश र हकप्रद सेयर रहेका छन्।

अघिल्ला दुई आर्थिक वर्षका लागि चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर (करसहित) वितरण गर्ने प्रस्ताव साधारणसभाबाट पारित गर्ने एजेण्डा छ। त्यस्तै,  बोनस सेयर जारी पश्चात् कायम हुने चुक्ता पूँजीको ५४.५ प्रतिशत (१ः०.५४५ अनुपात) हकप्रद सेयर जारी गर्ने र त्यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।

कम्पनीको नाम परिवर्तनसहित प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र त्यसका लागि पनि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव छ।
अघिल्ला दुई आर्थिक वर्षका वार्षिक र लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण र र स्वतन्त्र सञ्चालकको नियुक्त गर्ने प्रस्ताव छन्।

यसका लागि असोज ७ गते एक दिन बुक क्लोज हुनेछ। असोज ६ गतेसम्म कायम सेयरधनी साधारणसभामा भाग लिन पाउनेछन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको