Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीतिको समीक्षा शुक्रबारसम्म सार्वजनिक हुने, के हुँदैछ हेरफेर ?

अर्थ संसार

बुधबार, १२ मंसिर २०८१, ११ : ५६ मा प्रकाशित

मौद्रिक नीतिको समीक्षा शुक्रबारसम्म सार्वजनिक हुने, के हुँदैछ हेरफेर ?

नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको अन्तिम तयारीमा छ । 

समीक्षाको लागि सम्बन्धित विभागमा अन्तिम तयारी भइरहेको नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा.डिल्लीराम पोखरेलले बताए । 
उनले यसै साताभित्र पहिलो त्रैमासिक समीक्षा सार्वजनिक हुने सम्भावना रहेको बताए । केन्द्रीय बैंकले शुक्रबारसम्म पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने तयारीका साथ काम गरिरहेको जाकारी पोखरेलले दिए । 

उनले भने,‘ तयारी अन्तिममै छ तरपनि व्यवस्थापन समितिमा छलफल हुन्छ, बोर्डमा छलफल हुन्छ । भएसम्म यसै साता शुक्रबारसम्म मौद्रिक नीति सार्वजनिक हुने सम्भावना छ’। 

नियामकीय प्रवधानअनुसार नै मंसिर १५ गतेभित्र मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्नुपर्ने हुन्छ । मौद्रिक नीतिको त्रैमासिक समीक्षा हरेक त्रैमास समाप्त भएको ४५ दिनभित्र सार्वजनिक गर्ने नियामकीय प्रावधान छ ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत केन्द्रिय बैंकले अहिलेको बैंकमा थुप्रिँदै गएको तरलता,कर्जा प्रवाहले गति लिन नसकेकोले तरलता व्यवस्थापन र बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जालाई न्यूनीकरण गर्ने खालको व्यवस्था ल्याउनुपर्ने माग बैंकरहरुको छ । 

यस्तै,सेयर लगानीकर्ताले सेयर धितो कर्जामा व्यक्तिगततर्फ लगाइएको सीमा हटुन पर्ने र कर्जामा लगाइएको जोखिम भार १०० प्रतिशतमा झार्नुपर्ने माग राखेका छन् । आफ्ना माग मौद्रिक समीक्षामार्फत सम्बोधन हुने अपेक्षा लगानीकर्ताहरुको छ ।

केन्द्रिय बैंकका अनुसार भने  मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षमा धेरै परिवर्तन आउने छैन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको